बागलुङ, ३ असोज-संबिधान दिवशको अबसरमा नेपाल सरकारले ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज अनलाइन पत्रिकाका सम्पादक हरिनारायण गौतमलाई प्रबल जनसेवा श्री पंचमद्वारा बिभुषित गरेको छ ।
पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल गौतमलाई उक्त पदकले बिभुषित गरेको बताइएको छ । संविधान दिवशकै अवसरमा गौतम सहित देशभरका १६ जना पत्रकारलाई प्रबल जनसेवा श्री चौथो र पाँचौबाट बिभुषित गरेको हो ।
प्रबल जनसेवाश्री चौथोबाट बिभुषित हुनेमा मिडिया सेसाइटीका अध्यक्ष शुभशंकर कंडेल, डा. राजेशराज अहिराज, सागर पंण्डित, राजेशकुमार अर्याल, गोबिनदप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छा बिन्दु तुलाधर, चिरन्जिवि मास्के रहेका छन् । त्यस्तै पाँचौबाट गौतम सहित टिका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणी गौतम, सबिन प्रियशन चौधरी, मोहन बस्ने, कृष्ण चन्द्र लामिछाने र तेजदत्त खकुराललाई बिभुषित गरिएको हो ।





