पोखरा, ३ असोज– गण्डकी प्रदेश सभा सदस्य तथा समाजसेवी मिना गुरुङले पितृहरुको सम्झनामा दृष्टीविहिनहरुको संस्थालाई सेतो छडी र झोला प्रदान गरेकी छिन् । सांसद गुरुङले दृष्टीविहिन स्वरोजगार संघलाई तीस वटा सेतो छडी र तीस थान झोला प्रदान गरेकी हुन् ।
गुरुङले यसअघि पनि दृष्टीविहिन संघलाई सहयोग गर्दै आएकी छिन् । सांसद गुरुङले प्रदेशसभाबाट प्राप्त आफ्नो आम्दानीबाट आएको रकम समाजसेवामा लगाउने बताइन् । ‘राज्यको सिमित श्रोत र वितरण गर्नुपर्ने क्षेत्र धेरै भएकाले यो महामारीका बेलामा समस्यामा परेकाहरुलाई सहयोग गर्नु सबैको कर्तब्य हो’ गुरुङले भनिन् ।
दृष्टीविहिन स्वरोजगार संघका अध्यक्ष दण्डपाणी ढकालले सेतो छडी र झोला पाएपछि खुशी व्यक्त गर्दै सांसद गुरुङलाई धन्यवाद दिएका थिए । ‘हामीलाई यस्ता सामग्रीको अति नै आवश्यक्ता थियो, मिना दिदीबाट सहयोग पाउँदा खुशी लागेको छ’ ढकालले भने । दृष्टीबिहिन स्वरोजगार संघले केही घरेलु सामग्रीहरु उत्पादन गर्दै आएपनि कोभिडका कारण बिक्री नहुँदा आर्थिक तथा भौतिक सहयोगको खाँचो रहेको ढकालले गुनासो गरे ।





