मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङका लायन्सले दिए पहिरो पीडितलाई जिन्सी राहत

बागलुङका लायन्सले दिए पहिरो पीडितलाई जिन्सी राहत


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७७, शनिबार

बागलुङ, ३ असोज – जिल्लाको जैमिनी नगरपालिका टुनिबोट र बिनामारेका बाढीपहिरो पीडित ८ परिवारलाई बागलुङका लायन्सहरुले जिन्सी राहत प्रदान गरेका छन् । पिडित परिवारलाई ८ थान ग्यास सिलिन्डर, ८ सेट ग्यास चुलो, ८ सेट सिरक, डसना, सिरानी, तन्ना सहितको अति अत्यावश्यकीय राहत सामाग्री बागलुङका लायन्सहरुले शनिवार प्रदान गरे । लायन्सहरुले घट्नास्थलमा गएर आफुहरुले संकलन गरेको जिन्सी राहत प्रदान गरेका हुन् ।
लायन्स डिष्ट्रीक ३२५ बि १ नपालका चिफ काउन्सोलर काजीमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जिन्सी राहतले पिडितहरु प्रत्यक्षरुपमा लाभन्वित भएको वताए । सो अवसरमा लायन्स डिष्ट्रीक ३२५ बि १ नेपालका सिनियर एड्भाइजर पिएमजेएफ दुर्गा कुँवरले समस्यामा परेकाहरुको सारथी लायन्स बन्ने वताए । कार्यक्रममा लायन्स क्लब अफ जैमिनीका अध्यक्ष रबि पौडेल, जोन चेयरपर्सन गोपाल पौडेल, रिजन चेयरपर्सन एमजेएफ पार्वती अधिकारी लगायतले लायन्सको वारेमा वताएका थिए । कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ धौलागिरी बागलुङका अध्यक्ष जयराम भारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->