बागलुङ, ४ असोज– बागलुङमा आईतबार दिउँसो टिपर पल्टिँदा दुई जना घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेबाट ढोडेनीतर्फ गैरहेको ग १ क ४३५० नम्बरको टिपर कुँडुलेको घुम्तीबाट १ सय मिटर तल खसेको हो ।
दुर्घटनामा टिपर चालक मकवानपुरका २५ वर्षिया हिमाल लामा र सहचालक म्याग्दीको मंगला गाउँपालिका वडा नं. ५ का तिलक फगामी पुन घाईते भएका हुन् । उनीहरुको धौलागिरी अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । घाईते दुवैको शरीरका विभिन्न भागमा चोट लागेको छ ।





