मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गलकोटमा सेनेटरी प्याड र झोला बनाउने तालीम

गलकोटमा सेनेटरी प्याड र झोला बनाउने तालीम


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७७, सोमबार

बागलुङ, ५ असोज – बागलुङको गलकोट नगरपालिकाले कोरोना कहरका बीच सीमान्तकृत महिलाहरुलाई सेनेटरी प्याड र झोला बनाउने तालीम दिएको छ । ४ दिने तालीममा नगर क्षेत्रका करिब १५ जना विपन्न र दलित महिलाहरुको सहभागिता रहेको थियो । नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत पँखेटा नेपालको सहयोगमा सो तालीम सम्पन्न गरेको हो ।
‘संकटमा केही दिन भोक खप्न सकिएला, आँशु लुकाउन मिल्ला तर महिलाको महिनावारी रोकिँदैन’, गलकोट नगरपालिकाकी उपप्रमुख रेणु काउचा मगरले भनिन्,‘ संकटको बेला स्वास्थ्यको झन ठूलो महत्व हुन्छ भन्ने ठानेर हामीले सुरक्षाका बीच तालीम आयोजना गरेका हौँ ।’ उनका अनुसार तालीममा पररम्परागत रुपले सिलाई पेशामा आवद्ध महिलाहरुलाई विशेष प्राथमिकता दिइएको थियो । तालीमको लागि मात्र तालीम नहोस् र त्यसबाट महिलाहरुले व्यावसायिक लाभ पनि लिन सकून् भन्ने हिसाबले तालीमका प्रशिक्षार्थी छनौट गरिएको उनको भनाई थियो । पुस्ताबाटै सिलाई कटाई सिकेका महिलाहरु तालीममा सहभागि हुँदा उत्पादन गुणस्तरीय भएको र बजारको सम्भावना पनि रहेको उनको भनाई थियो । ‘झोला र प्याड गुणस्तरीय पनि होस् र उपभोग पनि होस् भन्ने सोचले काम गरिएको हो’, उनले भनिन्,‘हामी महिला दिदीबहिनीका उत्पादनहरुकाृ बजारीकरणमा पनि सघाउने पक्षमा छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->