मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

हेलिकोप्टरबाट सुत्केरीको उद्दार

हेलिकोप्टरबाट सुत्केरीको उद्दार


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७७, सोमबार

बागलुङ, ५ असोज– अत्याधिक रक्तश्राब भएपछि गलकोटकी एक महिलालाई हेलिकोप्टरबाट उद्दार गरेर पोखरा लगिएको छ । गलकोट नगरपालिका वडा नंं. ११ रिघाकी गौरी श्रीषलाई सुत्केरीपछि रक्तश्राव भएकोले हेलिकोप्टरबाट पोखरा लगिएको हो ।
राती साँढे १ बजे रिसा बर्थिङ सेन्टरमा सुत्केरी भएपनि रगत बग्ने क्रम नरोकिएको, बेहोस भएको लगायतका जटिलता देखिएपछि गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय मार्फत हेलिकोप्टर मगाइएको वडा अध्यक्ष डम्बर श्रीषले बताए । अहिले पोखरा स्थित गण्डकी अस्पतालमा उनको उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था सुधार भएको पनि उनले जानकारी दिए । प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटा समेतले हेलिकोप्टर ल्याउनमा पहल गरेको श्रीषले जानकारी दिए । श्रीषको शिसु पनि सकुशल छन् । उनले आइतवार राती छोरा जन्माएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->