बागलुङ, ५ असोज– जिल्लाको निसीखोला गाउँपालिकामा एक बृद्ध मृत फेला परेका छन् । निसीखोला गाउँपालिका–६ गुमका ७४ वर्षीय देउमने बुढामगर आईतवार साँझ मृत अवस्थामा फेला परेका हुन् । तरकारीको समस्या टार्न भन्दै जंगलमा निउरो टिप्न भन्दै आईतवार बिहान घरबाट निस्केका बुढा साँझ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।





