बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिरोले अबरुद्ध लोकमार्ग खुल्यो

पहिरोले अबरुद्ध लोकमार्ग खुल्यो


  • Dhorpatan News
  • असोज ६ २०७७, मंगलबार

फाईल तस्विर

बागलुङ, ६ असोज–बडिगाड गाउँपालिका–२ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरो पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । लोकमार्ग अवरुद्ध भएपछि सदरमुकाम बागलुङ बजार हुँदै जिल्लाको पश्चिमतर्फ चल्ने सवारी साधन बीचमै रोकिएका थिए ।
पहिराका कारण स्थानीयवासी दुर्गा अर्याल, जीतबहादुर विक, धनबहादुर थापा, वीरबहादुर घर्ती र गोविन्द अधिकारीको घरमा आंशिक क्षति पुगेको छ । घरमा बस्न जोखिम भएपछि पाँचै परिवारले छिमेकमा आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->