बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बैंकर्सले दिए पहिरो पीडितलाई नगद राहत

बैंकर्सले दिए पहिरो पीडितलाई नगद राहत


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७७, मंगलबार

बागलुङ, ६ असोज– बैकर्स एसोसिएसन बागलुङले जैमिनी नगरपालिकाको विभिन्न स्थानमा गएको बाढी पहिरोका पिडितलाई आर्थिक तथा राहत सहयोग गरेका छन् ।
बागलुङ बजारमा रहेका २८ वटा बैंकमा कार्यरत कर्मचारीहरुले संकलन गरेको रकम पिडितलाई हस्तान्तरण गरिएको हो । बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्मा र जैमिनी नगरपालिकाका उपप्रमुख लिलारानाले पिडितलाई रकम हस्तान्तरण गरे । मंगलवार उनीहरुले बाढी पहिरो पिडितलाई प्रति परिवार ५ हजार रुपैयाँको दरले राहत रकम हस्तान्तरण गरेका हुन् । बाढीले अकल्पनीय क्षति पुगेकोले पिडितलाई सान्त्वना दिनकालागि सानो रकम ल्याएर दिएको शर्माले बताए । कार्यक्रममा उपप्रमुख रानाले पिडितको लागि सबै क्षेत्रले चासो राखेकोले सहयोग जुटेको बताए । उनले सबैको साथ र सहयोगबाटै पिडितको उचित व्यवस्थापन गर्ने समेत धारणा राखेका थिए । बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्माको अध्यक्षता र सचिव ओमप्रकाश पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । जैमिनी नगरपालिका वडा नं. १ को टुनीबोटमा पहिरोले दुइ जनाको ज्यान गएको हो भने वडा नं. ५ बिनामारेमा १ जना गरी ३ जनाको ज्यान गएको थियो । पहिरोले टुनीबोटका ३९ घर बिस्थापित छन् । उनीहरुले यस अघि ढोरपाटन नगरपालिकाका बाढी पिडितलाई पनि राहत बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->