सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फैसला कार्यान्वयन गर्न नआएका चार प्रतिवादी पक्राउ

फैसला कार्यान्वयन गर्न नआएका चार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७७, मंगलबार

बागलुङ, ६ असोज– प्रहरीले मंगलबार विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले कर्तव्यज्यान, लागुऔषध, ठगी र सवारी ज्यान मुद्दामा अदालतले सजाय सुनाएका चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये ३ जना प्रतिवादीलाई जिल्ला अदातल बुझाइएको छभने बाँकी एक जनालाई बुधबार मात्रै अदालत पेश गरिने प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार पक्राउ पर्नेमा जिल्लाको गलकोट नगरपालिका–१ का ३२ बर्षिय होम बहादुर कुँवर र सोही ठाउँका ४१ बर्षिय हिराबहादुर घर्तिमगर रहेका छन् । उनीहरुलाई जिल्ला अदालत बागलुङले सवारी ज्यान मुद्दामा सजाय सुनाएको थियो ।
त्यस्तै, बागलुङ नगरपालिका–६ का २६ वर्षिय अनुराग सापकोटा पक्राउ परेका छन् । उनलाई लागुऔषध मुद्दामा जिल्ला अदालतले सजाय सुनाएको थियो । ठगी मुद्दामा अदालतले सजाय सुनाएका बागलुङ नगरपालिका–१४ नारायणस्थानका ४७ वर्षिय ध्रुव परियार पनि पक्राउ परेका छन् । उनलाई बुधबार मात्रै अदालत पेश गरिने रेग्मीले बताए ।
सबै प्रतिबादी धरौटीमा रिहा भएपछि तारेखमा आएका थिएनन् । मुद्दा फैसला भएपछि लुकीछिपी बस्ने गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->