सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लागुऔषध मुद्धाका तीन युवा पक्राउ

लागुऔषध मुद्धाका तीन युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७७, बिहिबार

बागलुङ, ८ असोज– अदालतबाट विभिन्न मुद्दामा जेल सजाय र जरिवानाको फैसला भएका प्रतिवादीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।
अदालतले सजाय सुनाएपछि पछिल्लो तीन वर्ष यता फरार रहेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले मंगलवार र बुधबार पक्राउ गरेको छ । लागुऔषध मुद्दामा २०७४ साल माघ २४ गते जिल्ला अदालत बागलुङले जेल सजाय र जरिवानाको सजाय सुनाएका तीन युवा बुधबार पक्राउ परेका छन् ।
हिरासतमै रहेको बेला उनीहरुको जेल सजायको अबधि भुक्तान भएको भएपनि जनही २ हजार रुपैयाँ जरिवाना बुझाउन नआएकाले प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेका २० वर्षिय सुजन थापा, सोही ठाउँका वर्ष २० का योगेश विक र वर्ष २१ का विशाल थापा रहेका छन् । उनीहरुलाई जरिवाना भुक्तानीका लागि बुधबार जिल्ला अदालत बागलुङमा पेश गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
यसअघि चेक अनादर मुद्दामा फैसला भएर फरार रहेका बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानका ध्रुव परियारलाई पनि मंगलबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई पनि बुधबार अदालत पेश गरिएको रेग्मीले बताए । उनलाई जिल्ला अदालत बागलुङले २०७६ जेठ १९ गते सजाएँ सुनाएको थियो ।
बागलुङमा फैसला भएर सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीहरुको संख्या ४ सय ८० छ । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । तारेखमा बोलाईएका र धरौटीमा छुटेकाहरु अदालतको अन्तिम फैसलापछि फरार हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->