मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

ठगी, गाली बेइज्जती र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी, गाली बेइज्जती र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७७, बिहिबार

बागलुङ, ८ असोज– ठगी, गाली बेइज्जती र सवारी ज्यान मुद्दामा अदालतको फैसलापछि फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा सर्वोच्च अदालतले २०७१ साल असार ५ गते सजाय सुनाएपछि फरार रहेका जिल्लाको गलकोट नगरपालिका वडा नं. ३ का ६५ वर्षिय ओमबहादुर खड्का बिहिबार पक्राउ परेका छन् । उनलाई सर्वोच्चले तोकेको २ वर्ष ३ महिना १९ दिन कैद र ५५ लाख ५२ हजार १२ रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ ।
गाली बेइज्जती मुद्दामा जिल्ला अदालत बागलुङले सजाय सुनाएपछि ७ वर्षदेखि फरार रहेका बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानका ५५ वर्षिय मान बहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले बिहिबार पक्राउ गरेको हो । उनी १ सय २५ रुपैयाँ जरिवाना तिरी मुक्त भएका छन् ।
त्यस्तै, सवारी ज्यान मुद्दामा फैसलापछि फरार रहेका बागलुङ नगरपालिका वडा नं. १ रामरेखाका ३७ वर्षिय दिल बहादुर सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले झण्डै दुईृ महिना ३ दिन कैद र २ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी छ ।
उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । पक्राउ परेका तिनैै जनालाई बिहिबारनै जिल्ला अदालत पेश गरिएको र भुक्तान गर्न बाँकी सजाय भुक्तानको प्रक्रिया थालिएको रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->