पोखरा, ९ असोज– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गर्भवती जाँच गर्न आएकी महिलाको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । भारत मोतिहारीकी २४ वर्षीया महिला असोज ५ गते अस्पताल भर्ना गरिएको थियो । उनमा असोज ६ गते कोरोना पुष्टि भएको हो । सामान्य रुपमा बच्चा जन्माउन समस्या हुने भएपछि शल्यक्रिया गर्नपर्ने भएको हो ।
कोभिड–१९ उपचार केन्द्रमा कोरोना सं क्रमितको यो पहिलो शल्यक्रिया हो । बिहीबार व्यथा लागेपछि दिउँसो साढे १ बजे उनको शल्यक्रिया गरिएको प्रतिष्ठानका निर्देशक डाक्टर अर्जन आचार्यले जानकारी दिए । ‘यो कोरोना लागेको बिरामीको पहिलो अप्रेसन हो । बच्चा स्वस्थ निकाल्न सफल भएका छौँ । ३ किलोग्राम तौल भएको स्वस्थ शिशुको जन्म भएको छ’, निर्देशक आचार्यले भने । उनका अनुसार बच्चालाई अस्पतालको एनआइसीयुमा राखिएको छ भने आमाको अवस्था सामान्ये छ । ‘महिलाको पहिले पनि अप्रेसन गरी बच्चा निकालिको रहेछ, आमाको स्वास्थ्यलाई समेत ध्यानमा राखी सफल अप्रेसन गरेका छाँै’, उनले भने । शल्यक्रियामा एनेस्थेसिया विज्ञ डाक्टर रोहिणी सिग्देल, स्त्रीरोग विशेषज्ञ डा।चुममाया पुन, बालरोग विशेषज्ञ डा। प्रज्ञा शाक्य, नर्सहरु आरती अधिकारी, लक्ष्मी पराजुली, गिता परियार तथा सहयोगी पवित्रा भण्डारीको टोली सम्मिलित थिए । कोरोना संक्रमण पुष्टि भएकी उनी पहिलो गर्भवती महिला हुन् । यसअघि बच्च जन्माइसकेकी एक महिलामा कोरोना संक्रमण देखिएको थियो ।






