मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

भिरबाट लडेर एक युवाको मृत्यु

भिरबाट लडेर एक युवाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७७, शनिबार

बागलुङ, १० असोज– बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा भिरबाट लडेर एक युवाको मृ््त्यु भएको छ ।
खरबारीमा घाँस काट्ने क्रममा रेश म्याउदी बस्ने २० बर्षिय प्रेमबहादुर थापाको शुक्रबार मृत्यु भएको हो । उनलाई छारे रोग रहेको प्रहरीले जनाएको छ ।
घाँट काट्न गएका युवा लामो समय घर नफर्के पछि खोजी गर्दा घाँस काट्ने ठाउँदेखि २० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
युवाका शव परिवारले घरमा लिएका छन । घटनास्थलमा प्रहरी पुगेको छ । पोस्टमार्टमको तयारी भैरहेको प्रहरी चौकी अक्षतेका प्रहरी सहायक निरीक्षक विनय रेग्मीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->