बागलुङ, १० असोज– भीमापोखरा युवा क्लव (बिवाईसी) बागलुङले ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत प्रदान गरेको छ । बाढीपहिरो प्रभावितका संस्थाको तर्फबाट १ लाख १ हजार ११ रुपैयाँ राहत रकम उपलव्ध गराईएको होे । संस्थाको आन्तरिक कोष, बोर्ड सदस्य, फियरमेड फाउण्डेसन नेपालमा कार्यरत कर्मचारीहरु, विवाईसी बाग्लुङको बिभिन्न परियोजनामा कार्यरत ५० जना भन्दा बढि कर्मचारीहरुबाट स्वतस्फूर्त संकलित रकम संस्थाले एक मुष्ट ढोरपाटन नगरपालिकाको बिपत् व्यवस्थापन कोषमा जम्मा गराएको संस्थाका अध्यक्ष मणिभद्र शर्माले बताए । ढोरपाटनमा बाढीपहिरोले वडा नं. ५, ६, ७, ८ र ९ मा १ सय २० घर पुर्ण रुपमा क्षति पु¥याएको छभने ५१ घरमा आंशिक क्षति पु¥याएको छ । त्यसैगरी ११ ओटा झोलुङ्गे पुल, १२ ओटा लघु जलविद्युत आयोजना, २ ओटा स्वास्थचौकी र २ ओटा विद्यालय बगाएको छ । बाढीपहिरोमा परी २२ जनाले ज्यान गुमाएका छन् । १५ जना अझै बेपत्ता रहेको नगरपालिकाले जनाएको छ ।





