बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेलम्बो नेपालद्वारा वात्स्यायन वृद्धाश्रममा सहयोग

नेलम्बो नेपालद्वारा वात्स्यायन वृद्धाश्रममा सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७७, आइतबार

पोखरा, ११ असोज– नेलम्बो नेपालले शनिवार एक कार्यक्रमका बीच पोखरा–१४, बाच्छेबुडुवास्थित वात्स्यायन वृद्घाश्रममा सहयोग गरेको छ ।
संस्थाले ४१ औ सामाजिक सेवा दिवसको अवसर पारेर पाँचौ दिन शनिबार त्यहाँ आश्रित ८ पुरुष वृद्धालाई प्रति व्यक्ति एक वटा ज्याकेट र ९ जना महिला बृद्धालाई प्रतिव्यक्ति एक÷एक वटा पछ्यौरा वितरण गरेको हो ।
सोही कार्यक्रमका वृद्घाश्रमलाई खुट्टाका सहायताबाट चलाउन मिल्ने २ वटा सेनिटाइजर स्ट्याड,डिटोल सावुन २० वटा, दुई सय थान माक्स, सेनिटाइजर ६ लिटर, जुस ३० वटा गरी जम्मा रु.२६ हजार एक सय ३० वरावरका सामग्री पनि हस्तान्तरण गरिएको छ ।वृद्धाश्रमका कार्यालय सचिव युवराज वाग्लेलाई नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा.किसन कोइरालाले ती सामग्री हस्तान्तरण गरेका हुन् । यसैबीच संस्थाले सेवा दिवसको चौथो दिन शुक्रबार पोखरां १८ निवासी मनोरोगी सन्तबहादुर ढकाललाई औषधि सहयोग गरेको छ।संस्थाले विगत डेढ वर्ष अघिदेखि उनलाई नियमित खाने औषधी सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->