सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

१० किलो अफिमसहित पोखराबाट ३ जना पक्राउ

१० किलो अफिमसहित पोखराबाट ३ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७७, आइतबार

पोखरा ११ असोज– लागुऔषध केन्द्रिय अनुसन्धान व्युरो तथा लागुऔषध व्युरो पोखराको संयुक्त टोलीले १० किलो ५ सय ग्राम अफिमसहित ३ जनालाई पक्राउ गरेको छ । नेपालको पुर्वी जिल्लाबाट पोखरा ल्याई बेचबिखन गर्न लागेको भन्ने गोप्य सुचनाको आधारमा केन्द्रिय अनुसन्धान व्युरोको संयुक्त टोलीले उनीहरुको साथबाट अफिमसहित जोख्ने डिजिटल तराजुसमेत बरामद गरेको हो ।
पुर्वी रुकुम पुथा उत्तरगंगाका वडा नं. १ का ५० वर्षीय गज पुन, सोही क्षेत्रका ४० वर्षीय चकरबहादुर पुन र गोर्खा बारपाक सुलिकोट वडा नं. ६ का २४ वर्षीय रवि गुरुङलाई अफिमसहित पक्राउ गरेको लागुऔषध अनुसन्धान व्युरो कास्कीका प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिए । उनीहरुलाई पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडबाट पक्राउ गरिएको हो । उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । गज पुन लामो समयदेखि रुकुममै लागुऔषधको कारोबार गर्दै आइरहेको खुलेको छ ।
यस्तै, कास्की प्रहरीले ७१ एम्पुल लागुऔषधसहित दिपेश गुरुङलाई पक्राउ गरेको छ । लागुऔषध लिएर हिँडिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. १३ गौडाको मुखका २५ वर्षीय गुरुङलाई पक्राउ गरिएको हो । उनको साथबाट २३ थान डाईजापाम, २४ थान फेनेरागन र २४ थान नर्फिन र एक थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवाष हमालले बताए । ‘लागुऔषध लिएर हिँडेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरी अनुसन्धान गरिरहेका छौ’ प्रवक्ता हमालले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->