सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विश्व पर्यटन दिवसमा मुख्यमन्त्री : तालमा बसेर गाउँको चर्चा

विश्व पर्यटन दिवसमा मुख्यमन्त्री : तालमा बसेर गाउँको चर्चा

‘प्रदेश सरकारले प्रत्येक स्थानीय तह र जिल्लालाई समेट्ने गरि सांस्कृतिक र प्राकृतिक गन्तव्यस्थलको पहिचान र ग्रामीण पूर्वाधार विकासका लागि काम थालनी गरिसकेको छ’


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७७, सोमबार

पोखरा, १२ असोज– फेवातालको किनारतिरै बस्छन्, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । फेवाताल घुम्नलाई उनले कुनै आइतबार कुर्न पर्ने कुरै आएन । तर, संयोग कस्तो भने, यो आइतबार मुख्यमन्त्री गुरुङ दलबलसहित फेवाताल घुम्न निस्के । ‘विश्व पर्यटन दिवस २०७७’ को अवसरमा उनले नजिकको तीर्थाटन रोजे । कोरोनाका कारण सुनसान फेवाताल घुम्दै गर्दा उनले ताल संरक्षणमा प्रदेश सरकारको दायित्व र सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पनि पक्कै सम्झे होलान् । त्यसैले हुनुपर्छ,उनका संचार संयोजक विक्रम न्यौपानेले सामाजिक संजालमा मुख्यमन्त्रीको जलयात्रासहित जानकारी दिए,‘ यसै वर्षदेखि फेवा संरक्षणको काम सुरु हुनेछ ।’
त्यसो त, हरेक दिवसमा शुभकामना, प्राकृतिक विपत्तिमा शोक सन्देश दिन मुख्यमन्त्री गुरुङले छुटाउँदैनन् । उनले आइतबार पनि पर्यटन दिवसको अवसरमा शुभकामना सन्देश दिए । सन्देशमा उनले कोरोनाले थला परेको पर्यटनलाई माथि उठाउन ग्रामीण पर्यटन अर्थात् होमस्टे कोषेढुंगा बन्ने जिकिर पनि गरे ।
‘प्रदेश सरकारले प्रत्येक स्थानीय तह र जिल्लालाई समेट्ने गरि सांस्कृतिक र प्राकृतिक गन्तव्यस्थलको पहिचान र ग्रामीण पूर्वाधार विकासका लागि काम थालनी गरिसकेको छ’, उनले सन्देशमा भनेका छन्,‘कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई उठाउन स्वदेशी पर्यटनको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन,कोभिड १९ को चुनौतीलाई पर्यटन पूर्वाधार विकास गर्ने अवसरको रुपमा उपयोग गर्न म हार्दिक अनुरोध गर्दछु ।’ उनले असजिलो समयलाई पूर्वाधारको विकासको अवसरको रुपमा लिनुपर्नेमा जोड दिँदै कोभिड १९ ले पार्न सक्ने सम्भावित असर र प्रभावलाई पूर्वानुमान गरेर नै गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् व्यवसाय सुरक्षा कोष व्यवस्था गरेको जिकिर पनि गरे ।
यो कोषलाई राम्रोसँग परिचालन गरिएमा एक हदसम्म पर्यटन, कृषि, यातायात, उद्योग र सेवा व्यवसायीलाई राहत पुग्ने जिकिर पनि मुख्यमन्त्री गुरुङको रहेको छ ।
उनले प्रकृतिको संरक्षण गरी दीगो पर्यटन व्यवसायको प्रवद्र्धनका लागि गण्डकीले अन्नपूर्ण र मनासुल संरक्षण क्षेत्र र नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई पनि अतुलनीय योगदान दिएको पनि बताए । गण्डकीले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको स्मरण गर्दै मुख्यमन्त्री गुरुङले भनेका छन्,‘पर्यटन क्षेत्र खुलाउनुको विकल्प हामीसँग छैन तर सतर्कचाहिँ हुनैपर्छ । धेरैभन्दा धेरै विदेशीलाई नै डाक्ने लक्ष्य राखेर तत्काललाई चाहिँ स्वदेशी पाहुना लक्षित कार्यक्रम ल्याउनुपर्छ ।’‘पर्यटन व्यवसायलाई कसरी बचाउने र पहिलाको भन्दा अझ राम्रो अर्थात् बिल्ड ब्याक बेटर टुरिजमको अवस्थामा कसरी पु¥याउने आज हामी सबैका लागि चुनौती छ’, उनले भनेका छन्,‘ त्यसका लागि हामीहरु बीचमा सहनशीलता, धैर्य, सहकार्य र आत्मअनुशासनको जरुरी आवश्यक पर्दछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->