बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जेसिज सप्ताह सुरु : ४८ युनिट रगत संकलन

जेसिज सप्ताह सुरु : ४८ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७७, सोमबार

पोखरा, १२ असोज– पोखरा जेसिजको आयोजनामा भएको रक्तदानबाट ४८ युनिट रगत संकलन भएको छ । कोरोना भाइरसको समयमा रगतको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ जेसिजले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
पोखरा जेसिज पोखरामा रक्तदान कार्यक्रम आयोजना गर्ने पहिलो संस्थासमेत हो । सन् १९७५ मा स्थापित यस संस्थाले नै पोखरामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
सामाजिक कार्यमा क्रियाशिल पोखरा जेसिजले रक्तदानसँगै सप्ताहव्यापी कार्यक्रमको समेत सुरु गरेको छ । पोखरा महानगपालिकाका मेयर मानबहादुर जिसीले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण कार्यक्रमको उद्घाटन गरेका थिए । सोही क्रममा बोल्दै महानगर प्रमुख जिसीले महामारीको समयमा समेत रक्तदान गर्नु सह्रानीय काम भएको बताए । ‘अहिलेको विषम् परिस्थितिमा समेत पोखरा जेसिजले रक्तदान गर्नु साच्चैनै सह्रानीय कार्य हो । सकरात्मक सन्देश प्रवाह गर्नाले हाम्रो सोचमा परिवर्तन आउन सक्छ । रगत दिनु भनेको कसैको ज्यान बचाउनु हो’, मेयर जिसीले भने,‘सप्ताहव्यापी कार्यक्रम उत्साहपूर्वक सम्पन्न होस् ।’ पोखरा–१२ का वडा अध्यक्ष रामबहादुर कार्कीले जेसिजको कार्य सधैँ सम्मानयोग्य रहेको बताए । जेसिजका साप्ताहिक कार्यक्रम संयोजक मिनराज खड्काले पोखरा जेसिज व्यक्तित्व र नेतृत्वमा कुशल भएर काम गर्ने संस्था भएको जिकिर गरे । कोरोनालाई स्वीकारेर सामान्य जीवन जिउनतर्फ लाग्नका लागि कार्यक्रम गरिएको उनले बताए । पोखरा जेसिज अध्यक्ष शिवप्रसाद सापकोटाले जीवनदान जस्तो महत्वपूर्ण कार्यमा सरिक हुने सबैैलाई धन्यवाद दिए । बलराम कुवँर र अनन्त प्रधानङ्गले थप कार्यक्रमबारे जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->