बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

महानगरमा आस्थाको आधारमा कर्मचारीमाथि विभेद : कांग्रेस

महानगरमा आस्थाको आधारमा कर्मचारीमाथि विभेद : कांग्रेस


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७७, सोमबार

पोखरा, १२ असोज– पोखरा महानगरपालिकामा कांग्रेसका तर्फबाट निर्वाचित ११ जना वडाध्यक्षहरुले राजनीतिक आस्थाका आधारमा कर्मचारीमाथि विभेद गरिएको आरोप लगाएका छन् । उनीहरुले महानगरपालिकामा विभिन्न आयोजनाको नाममा भर्ना गरिएका कनिष्ठ कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिँदै पुराना र वरिष्ठ कर्मचरारीलाई पाखा लगाइको जिकिर पनि गरेका छन् ।
महानगरपालिकाको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै आइतबार कांग्रेसका सचेतक रामराज लामिछानेद्धारा जारी विज्ञप्तिमा आस्थाकै आधारमा राम्रो काम गर्ने कर्मचारी कारवाहीमा परेको र नराम्रो काम गर्ने कर्मचारी संरक्षित बनेको आरोप पनि लगाइएको छ ।
विज्ञप्तिमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषयलाई उजागर गर्ने स्पष्ट र इमानदार लेखा प्रमुखलाई उल्टै स्पष्टीकरण सोधिएको तथा अआर्थिक अनियमितताको उजागर हुने डरले सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको जिकिर गरिएको छ । स्पष्टीकरण सोध्दा प्रमुख प्रशासकीय अधिकृतबाट सोध्नुपर्नेमा नियम विपरीत महानगर प्रमुखबाट सोधिनु आर्थिक अनियमितता ढाकछोपको प्रपञ्च भएको कांग्रेसको आरोप छ ।
पोखरा महानगपालिकाका २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ बाट कांग्रेसका वडाध्यक्षले प्रतिनिधित्व गर्छन् । ३३ वडा रहेको पोखरा महानगरमा नेपाल कम्युनिष्ट पार्टीबाट जितेका जनप्रतिनिधिहरुको बहुमत रहेको छ । बहुमतको आडमा महानगरमा अनियमितता हुँदै आएको कांग्रेसले जिकिर गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->