पोखरा, १३ असोज– बजेट कार्यान्वयन समयमै र पारदर्शी रुपमा गर्न अर्थ तथा विकास समितिको निर्देशन गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बजेट कार्यान्वयन समयमै र पारदर्शी रुपमा गर्न निर्देशन दिएको छ । आफ्नो कार्य क्षेत्रभित्र पर्ने चारवटा मन्त्रालयका सचिवहरुलाई सोमबार समितिले सो निर्देशन दिएको हो ।
समितिका सभापति दीपक कोइरालाले बजेट कार्यान्वयनको ठीक समयमा हुन नसकेको गुनासो सधैँ आउने गरेको भन्दै अहिले देखिनै बजेट कार्यान्वयनमा ध्यान दिन सचिवहरुलाई निर्देशन दिएका हुन् । उनले कर्मचारी अभाव र कोभिडलाई देखाएर बजेट कार्यान्वनय नगरिएकोमा असन्तुष्टि जनाए ।
समितिका सदस्य ईन्द्रलाल सापकोटाले प्रदेशका योजनाहरुमा कोडिनेशनको अभाव देखिएको बताए । उनले योजनाको अनुगमनमा पनि जोड दिए । सदस्य मीनप्रसाद गुरुङले कार्तिकबाट बजेट कार्यन्वयनमा नजाने हो भने योजनाहरु सम्पन्न गर्न मुस्किल पर्ने बताए ।सदस्य भागबत प्रकाश मल्लले गत आर्थिक वर्षमा काम सुरु भएका तर अहिले बजेट नपरेका योजनाहरु अलपत्र पर्ने अवस्था आएको जिकिर गरे । समितिका सदस्यहरु डोबाटे विश्वकर्मा ,हरिशरण आचार्य र जनकलाल श्रेष्ठले आर्थिक बर्षको झण्डै साढे २ महिनाको बजेट कार्यान्वयनको अवस्था बारे जिज्ञासा राखे ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चन्द्रकला पौडेलले बजेट कार्यान्वयनको चरण सुरु हुने बताउनु बताइन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बहुवर्षीय ठेक्का लगाएको सडकहरुमा काम भइरहेको जानकारी दिए ।
उद्योग पर्यटन बन तथा वातावण मन्त्रालयका सचिव डाक्टर महेश्वर ढकालले गण्डकी प्रदेश भित्रका क्रसर उद्योगलाई मापदण्ड भित्र ल्याइने प्रतिवद्धत्ता जनाए । यस्तै भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव सवनम शिवाकोटी प्रदेशमा ४१८ जना प्राविधिको दरबन्दी रहेकोमा ३३ प्रतिशते खाली रहेको बताए ।





