बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अनलाइनबाटै कृषक वर्गीकरण

अनलाइनबाटै कृषक वर्गीकरण


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७७, मंगलबार

पोखरा, १३ असोज– पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकहरुको वर्गीकरण गर्ने भएको छ । महानगरमा रहेका सम्पूर्ण कृषकहरुलाई परिचयपत्र वितरण गर्नका लागि अनलाईन मार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रकृया अगाडी बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरले तयार पारेको वेभसाइटबाटै अनलाईन दर्ता फारम भरेर कृषकहरु सुचिकृत हुन सक्नेछन् । सोमबार महानगरका प्रमुख मानबहादुर जिसीले वेवसाइट सुरु गरे ।
सो अवसरमा बोल्दै मेयर जिसीले कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न सहज हुने विश्वास व्यक्त गरे । फारम भर्ने तरिका र यसलाई थप प्रभावकारी बनाउन कृषहरुलाई प्रत्यक्ष रुपमै जानकारी गराउनुपर्नेमा जोड दिए । उनले स्मार्ट सिटी बनाउने अभियानका लागि यस किसिमको कार्य सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले फारम भर्न कार्यालयसम्मै धाउनुपर्ने बाध्यता अन्त्यका लागि अनलाईन फारमको व्यवस्था गरिएको बताए । कृषकहरुले सबै विवरण घरमै बसेर मोवाईलबाटै पनि भर्न मिल्ने गरी व्यवस्था मिलाइएको उनले बताए । फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि उक्त विवरणकै पहिचान गर्न सहज हुने उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->