सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्राज्ञ खोज्दै पोखरा महानगरपालिका

प्राज्ञ खोज्दै पोखरा महानगरपालिका

पदमराजले कुलपति नस्वीकार्दा महागनरको प्रज्ञा प्रतिष्ठान गठनमा ढिलाई


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७७, बिहिबार

पोखरा, १५ असोज– गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका दुबैले नीति तथा कार्यक्रममै प्रज्ञा प्रतिष्ठान गठनको घोषणा गरे । प्रदेश र महानगर दुबैले घोषित कार्यक्रम अनुसार प्रज्ञा प्रतिष्ठान ऐन बनाए । दुबै ऐन पारित भइसकेको छ । कला, साहित्य र संगीतको उत्थान गर्ने उदेश्य बोकेको प्रज्ञा प्रतिष्ठानको लागि प्रदेश सरकार र महानगर दुबैले ५०/५) लाख विनियोजन गरे । पैसासहित प्रतिष्ठा भएको सो ठाउँमा जानको लागि कला, संगीत र साहित्यसँग सम्बन्धितहरुले चासो देखाउन थाले ।
यही बीचमा पोखरा महानगरले प्रज्ञा प्रष्ठिानको लागि कु्लपति, उपकुलपति र प्राज्ञ सिफारिस गर्न महानगर वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा समिति बनायो । महानगरका प्रशासन शाखा प्रमुख भरतराज पौडेल र विज्ञ सदस्यका रूपमा मनकुमार श्रेष्ठ चयन भए । सो समितिले लामो छलफलपछि कुलपतिको रुपमा पदमराज ढकाललाई अघि सा¥यो । सुरुमा पदमराज कुलपति बन्न राजी भए । कुलपतिमा सहमति जुटेपछि समितिले उपकुलपति र अन्य सदस्यहरुको करिब–करिब टुंगो लगायो । प्राज्ञको सिफारिसमा परेकाहरुले बधाई पनि पाउन थाले । तर, सिफारिसलाई अन्तिम रुप दिनेबेला कुलपतिको लागि प्रस्तावित पदमराज ढकालको मन बदलियो । उनले कुलपति नखाने निर्यय गरिदिए । छनौट समिति बिलखबन्दमा प¥यो ।
‘छनौट समितिले आफ्नो काम करिब टुग्याएर सिफारिस गर्न आँटेको थियो, उहाँ – पदमराज)ले हाम्रो प्रस्तावबारे निर्णय नै दिनुभएन’, छनौट समितिका विज्ञ सदस्य मनकुमारले ढोरपाटनसँग भने,‘ करिब १८ दिनजति त हामी के गर्ने भन्ने दोधारमा नै प¥यौं ।’ स्रोतका अनुसार पहिला नगर प्रतिष्ठानमा आउन चाहेका पदमराजले पछि प्रदेशतिर आँखा लगाए । प्रदेशको उपकुलपतितिर आँखा लगाएपछि छनौट समितिलाई निर्णय गर्न गाह्रो भयो । स्रोतका अनुसार पदमराजले कुलपति स्वीकार नगरेपछि छनौट समिति उपकुलपतिमा सिफारिस गरिएका मेनकाजी गुरुङलाई कुलपतिमा प्रस्ताव गर्ने सोचमा पुगेको छ । मेनकाजी हिमाली सांस्कृतिक परिवारका अध्यक्ष हुन् । प्रतिष्ठानको प्राज्ञहरुमा सिफारिस भएकाहरु वामपन्थी पृष्ठभूमिका कलाकार, साहित्यकारहरु नै रहेका छन् । प्रस्तावित ढकाल नै सांस्कृतिक मोर्चा जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य हुन् ।मेनकाजीलाई जनजातितर्फबाट उपकुलपति बनाउने तयारी थियो ।
छनौट समितिका सदस्य मनकुमारका अनुसार ८ सदस्ययी प्राज्ञहरुको लागि करिब १५ जनाको नाम छनौट गरिएको छ । तीमध्ये महिलाबाट सरस्वती श्रेष्ठ‘सरु’ र कला क्षेत्रबाट मिलन सेरचन, उत्पीडितबाट धनबहादुर गायक प्राज्ञ हुने निश्चित भएको छ । महानगर प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र ८ जना प्राज्ञ सदस्यहरू गरी ११ जना सदस्य रहने छन् । सदस्य सचिव महानगरकै प्रमुख प्रशासकीय अधिकृत हुने र २ जना प्राज्ञ सदस्यहरू महानगरका मेयरले नियुक्ती गर्ने व्यवस्था छ । बाँकी सदस्यहरुको लागि पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवाली, सुरज उपाध्याय, कृष्ण भण्डारी, जीवन दाहालको सिफारिस हुँदैछ । सुरेन्द्र गुरूङ, लक्ष्मण गौतम ‘हिमाली’ आनन्द बज्राचार्य, सुनिल थापा, प्रतिक थापा, लोकप्रसाद गुरूङ, बुद्धि गुरूङ ‘धम्पु’, मिलन शेरचन, विश्व पराजुली, नवराज बरालको नाम पनि चर्चामा छ । पोखरा नाटक घरका परिवर्तनलाई चाहिँ २ नाटक क्षेत्रबाट ल्याउने तयारी गरिएको स्रोतले बतायो । नारायण परीश्रमी चर्चामा छ पूर्वनेकपा (एमाले) निकट जनसाहित्य मञ्चमा केन्द्रीय उपाध्यक्ष नारायण परिश्रमीको नाम पनि चर्चामा छ । पदमराजले कुलपति अस्वीकार गरेपछि तल भएकाहरुलार्इृ माथि तान्ने र छिट्टै सिफारिस समितिले नामको टुगो लगाउने तयारी गरेको छ । ‘सबै क्षेत्रका व्यक्तिलाई समेटेर प्राज्ञ सिफारिस गर्नुपर्ने छ तर सबैले प्रदेश प्रज्ञा प्रतिष्ठान ताक्दा नगरमा आउने गतिलो अनुहार नपाउने समस्या पनि रहेकै छ’, छनौट समितिका सदस्यले भने,‘अब हामी मेयरसँग छलफल गरेर यो विषय टुंग्याउँछौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->