बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘आवाज’को आकस्मिक रक्तदान कार्यक्रम

‘आवाज’को आकस्मिक रक्तदान कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७७, बिहिबार

पोखरा, १५ असोज– पोखरेली युवाहरुको सक्रिय संस्था ‘आवाज’ ले बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका–१४ को वडा कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको थियो ।
कोरोना भाइरसले आक्रान्त परेको विषम परिस्थितिमा रक्त अभावको समस्यालाई न्युनीकरण गर्ने हेतुले ‘थोपा–थोपामा आवाज, रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारालाई आत्मासात गर्दै भौतिक दूरी कायम गर्र्दै र सम्पूर्ण सुरक्षाका मापदण्डहरु अवलम्बन गर्दै सञ्चालित कार्यक्रममा ६ महिला र १२ पुरुष गरी १८ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका–१४ का अध्यक्ष प्रेमबहादुर कार्कीले २५ औं पटक रक्तदान गरिसकेका खड्क बहादुर विश्वकर्मालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम सुरुवात गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्कीले रक्तअभावकै कारण कोही कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने प्रयासस्वरुप आंशिक लकडाउनका बीचमा रक्तदानजस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार प्रमुख अर्जुन ज्ञवालीले रक्तदान भन्दा ठूलो अरु दान हुन नसक्ने बताउँदै यस्ता प्रशंसनीय कार्यहरु सबै क्षेत्रबाट गरिनु नितान्त आवश्यक रहेको बताए ।
संस्थाका अध्यक्ष प्रकाश सुनारको अध्यक्ष्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोरोनाको संक्रमणबाट विश्व नै आतंकित भइरहेको परिस्थितिमा आफ्नो अमूल्य रगत दान गर्ने सबै स्वयंसेवी रक्तदाता लगायत कार्यक्रममा सहकार्य गर्ने उत्थानशील दलित महिला सञ्जाल पोखरा १४ का सम्पूर्ण टिमलाई समेत धन्यवाद दिएका थिए ।
रक्तदानमा जनप्रतिनिधि, नेता, स्थानीय, यसवा, समाजसेवी, बुद्धिजीवीलगायतको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यक्रमका मुख्य संयोजक शोभा विकले स्वागत मन्तव्य र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य अर्जुन परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->