बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहारा हङकङद्धारा पोखरा बृद्धाश्रमलाई सहयोग

सहारा हङकङद्धारा पोखरा बृद्धाश्रमलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७७, शुक्रबार

पोखरा, १६ असोज– सहारा क्लव हङकङले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा पोखरा बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।
सहारा क्लव, हङकङका सदस्य ओम गुरुङले क्लवको तर्फबाट पोखरा बृद्धाश्रमका पूर्वअध्यक्ष टिकाराम भण्डारीलाई नगद २० हजारको साथमा फलफुल समेत सहयोग हस्तान्तरण गरेका थिए । ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लवले ज्येष्ठ नागरिकहरुको लागि सानो सहयोग गरेको सदस्य गुरुङले बताए ।
सहयोगी दाताबाटै पोखरा बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको पालन पोषण गरिएको निवर्तमान अध्यक्ष भण्डारीले बताए । सो सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लवका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली, उपाध्यक्ष बिश्वराज बराललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->