पोखरा, १७ असोज-पोखरा जेसिआइको आयोजनामा गण्डकी युवा वक्ता सिजन २ सम्पन्न भएको छ । सिजन २ को उपाधि स्याङ्जा वालिङकी राधा पगेंनीले हात पारिन् । भर्चुअल स्पर्धाको शीर्षक ‘असल समाजका लागि युवा नेतृत्व’ रहेको थियो । प्रतिष्पर्धामा १२ जना सहभागि थिए ।
जेसिज पोखराले कोरोना भाइरस महामारीका कारण अनलाइनमार्फत् आयोजना गरेको प्रतियोगिताको दोस्रो स्थान भने पोखराकी मिना पराजुलीले हात पारिन् । त्यसतै तेस्रो स्थानमा भने रामेछापका कौशल कार्की आएका छन् । प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्राप्त गरे । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत छैठौँ दिन उक्त क्रम सम्पन्न गरेको हो । मुख्य निर्णायक ज्ञानेन्द्र कोइरालाका अनुसार असल समाज निमार्ण गर्न निश्चित मापदण्ड तयार हुनुका साथै सामाजिक, आर्थिक र सांस्कृतिक लाई समेत समावेश गरेर निर्णय सुनाइएको हो । । जेसिजले यस कोरोना सचेतना खेलकुद, स्वास्थ्य तथा खाद्य सामग्री वितरण तथा महिलाहरुलाई सेनेटरी प्याड बनाउने तालिम समेत सम्पन्न गरेको छ । जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले जेसिजले युवाहरुमा नेतृत्व विकासका साथै सामाजिक कार्यमासमेत अग्रसर गराउन पे्ररित गर्दै आइरहेको बताए । कार्यक्रम संयोजक मिनराज खड्काले सप्ताहव्यापी कार्यक्रमले समाजप्रति नागरिकको दायित्वबारे बुझन सहयोग मिलेको बताए ।





