बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सिद्ध माविमा अक्षयकोष

सिद्ध माविमा अक्षयकोष


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०७७, शनिबार

पोखरा, १७ असोज– ५ वर्षअघि मृत्यु भएका छोराको सम्झनामा पोखरा–१५ फलेपाटनस्थित सिद्ध माविमा रामबजार घर भइ हाल बेलायत बस्दै आएका प्रेमबहादुर बिक र कमला बिकले अक्षयकोष स्थापना गरेका छन् । छोरा दिपकको पा“चौ वार्षीक पुण्यतिथि पारेर शनिबार कोष स्थापना गरिएको हो ।
न्यून आय भएका, गरीब, जेहेन्दार विद्यार्थी तथा दैनिक ज्याला मजदुरी गर्दे आएकाका छोरछोरीको पढाइमा सहयोग पु¥याउन भन्दै बिक दम्पत्तीले १ लाख १ हजार एकसय ११ रुपैया“को कोष स्थापना गरेका हुन् । विक परिवारबाट स्वर्गीय दिपकका हजुरबुवा जंगबीर विश्वकर्माले नगदै रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिबबहादुर भण्डारीलाई हस्तान्तरण गरे । साथै कोष संचालन सम्झौता पत्रमा हस्ताक्षर गरे ।
दिपकका काका शिवलाल विश्वकर्माले कोषले थोरै मात्रामा भए पनि लक्षित विद्यार्थीको हितमा सहयोगी बन्ने विश्वास गरे । कोषको दुरुपयोग नहुनेमा पूर्ण विश्वस्त रहेको उनको भनाई थियो । हाल बेलायतमा बस्दै आएका प्रेमबहादुर बिक दम्पत्ती भने कार्यक्रममा सहभागी थिएनन् ।
अक्षयकोष स्थापना कार्यक्रमका प्रमुख अतिथी पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलले भावना अनुसार लक्षित विद्यार्थी लाभान्वित भएमात्र कोषको सार्थकता पुरा हुने बताए । सहयोगी दाताको भावनालाई आत्मसात् गर्दै कोष संचालन हुने उनले जनाए ।
प्रधानाध्यापक गुरुदत्त कोइरालाका अनुसार विद्यालयमा अधिकांश विद्यार्थी न्यून आय भएका, दैनिक ज्याला मजदुरी गर्नेका छोराछोरी रहेका छन् । कतिपयले शैक्षिक सामाग्रीको जोहोसमेत गर्न नसक्ने अवस्था भएपछि विद्यालयले त्यस्ता विद्यार्थीको भर्नालगायत, शैक्षिक सामाग्री, ड्रेस, छात्रबृत्ति उपलब्ध गराउदै आएको छ । तर विद्यालयसंग नियमित आम्दानीको स्रोत नभएपछि नियमावली बनाएर अक्षयकोष स्थापना गरिएको हो । २०७५ माघबाट सुरु कोषमा अहिलेसम्म झन्डै ३३ लाख रुपैया“ जम्मा भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->