आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०७७, शनिबार

काठमाडौं, १७ असोज – प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।
अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ । शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको हो ।
उनीहरुको शुक्रबार स्वाब परिक्षण गरिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ सल्लाहकार थापाले भने, ‘केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।’ यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->