पोखरा १९ असोज – कास्की प्रहरीले पोखराबाट लागु औषध सहित ५जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसारपसार र बिक्रि बितरण गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई हिडिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१६ जोगिमणी बस्ने २१ वर्षिय समिर गुरुङ र अथित गुरुङ, ३० वर्षिय कुमार ठकुरी, बाटुलेचौरका २४ वर्षिय मोहित खवास र पोखरा–१९ का मनोज विक रहेका छन् । उनीहरुको साथबाट १ किलो २२३ ग्राम गाँजा, ७ थान डाईजापाम, सोहिमात्रामा फेनारगन र बु्रफिन बराबम गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । वडा प्रहरी कार्यालय बगर तथा कास्की प्रहरीको टोलीले चेकजाचको क्रममा पोखरा–१६ तुम्केबाट पक्राउ गरेको हो । उनीहरु विरुद्ध लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत मुद्धा दर्ता गराई थप अनुसन्धान भइराखेको प्रवक्ता हमालले जानकारी दिए ।





