आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

आखिर के रहेछ जिन्दगी ?

आखिर के रहेछ जिन्दगी ?


  • टिका बहादुर कार्की
  • असोज २० २०७७, मंगलबार

हामीलाई जिवन जिउने क्रममा आवश्यक पर्ने जुनसुकै सेवा वा चिजवस्तु उपलव्ध हुन्छ, जतिबेला जे चाहान्छ, ईच्छा पुरा गर्न कुनै समस्या छैन भने त्यो सुखी जीवन र जिवन जिउनका लागी आफुले चाहेबमोजिम कुनै सुविधा उपलव्ध हुँदैन, कडा परिश्रम गर्नुपर्छ वा पिडा सहेर भोकभोकै रुदै बाच्नु पर्छ भने दुःखी जिन्दगीको अर्थ लगाउँदछौ । वास्तबमा सुखी र दुखी जिवन के कस्तो हो रहेछ ? मेरो भोगाई मात्र नभएर सांसारिक जिवन जिउनेहरुका बिचमा अध्ययन गर्नै पर्ने हुन्छ ।
सर्वप्रथम २०६८ सालको जनगणनातर्फ जाऔं– गणकले व्यक्तिका घर वा डेरामा टेलिफोन, पंखा, फ्रीज, इन्टरनेट, सवारी साधन, शुद्व खानेपानी, बिजुली, औषधी उपचार र पेशा वा व्यवसायलगायतका भौतिक सुविधाको लगत संकलन गरेको परिवारका सदस्यबाट बुझिन आयो । औपचारिक रुपमा संकलित तथ्याङ्कले राष्ट्रको औपचारिक औसत तथ्याङ्क देखाउँछ, जुन प्रणाली संसारमा उपयोग भैरहेको हुन्छ । केही अपवादबाहेक विश्वका सबै देशका जनताको व्यक्तिगत आम्दानी, खुसीको अवस्थाको मापन यिनै तथ्याङ्कले गर्दछ । विभिन्न सरकारी तथा गैरसरकारी संस्था, अन्तराष्ट्रिय मेडियालगायतले सैन्य शक्ति, आणविक शक्ति, विकास, व्यापार, उद्योग, शैक्षिक योग्यता र विपदलगायतका तथ्याङ्कले जनताको खुसी, प्रभावशालिता र सम्पन्नताको आवधिक सर्वेक्षण प्रस्तुत गरेका समाचारहरु हामीले पाईरहन्छौ ।
तर हामी जुनसुकै अवस्थामा पनि आवश्यकता अनुसार साधन, श्रोत, सहयोग, सम्मान तथा सत्कार पाउनुलाई सुख मानिरहेका छौं । सुखमा रहनेले कुनै भौतिक परिश्रम गर्नु पर्दैन भन्ने हाम्रो आम बुझाईभन्दा फरक आवश्यक समन्वय, सहकार्य, आवश्यक श्रोतसाधनको संयोजन र प्रत्यक्ष अप्रत्यक्ष सहभागितामा शारीरिक तथा मानसिक परिश्रम (दुःख)बाट प्राप्त हुने प्रतिफलबाट मिल्ने सफलता, खुसीयाली वा सन्तुष्टीलाई सुख मान्नु पर्ने अवस्था रहेको छ । यस्तै, हाम्रो प्रकृति नै हेरौं (गर्मी, वर्षा, शरद, जाडो, शिशिर ऋतु, जनावर तथा वनस्पतिको आफ्नै तरिकाको जन्म, मृत्यु, प्रकाश, पानी, वायुको आफ्नै बेग तथा नियमित गति), सौर्यमण्डल वा कुनै चिजवस्तुको गतिशील अवस्थालाई हेर्दा पनि अनुमान गर्न सकिन्छ कि अस्तित्व रक्षाका निम्ती एउटा कुनै सेरोफेरोमा परिक्रमा गर्नु (प्रसंगवस दुःख गर्नु) अनिवार्य रहेछ । स्थिर रहने चिजलाई हामीले यसको काम छैन भनिकन अन्यत्र उपयोग गर्ने वा रद्वीको टोकरीमा फाली दिन्छौं । तसर्थ, दुःखको सन्दर्भमा यो दुनियाँतर्फ नजर लगाउँदा हामी देखिरहेका छौं– क्षणिक सुख, सन्तुष्टी वा फाइदाका लागि आफ्नो मात्र होईन धेरैको जिवन नै धरापमा परिरहेको परिदृष्य विश्व युद्वहरु, जनआन्दोलनहरु, औद्योगिक क्रान्ति, कुटनीति एवं प्रभावशाली राजनीतिमा देख्न सकिन्छ । कुनै जनावर आफ्नो सिकार वा आहाराका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुन्छ भने यो संसारको सबैभन्दा चतुर, चेतनशील एवं बौद्धीक प्राणी मानिसले यो प्रकृतिमा रहेको आवश्यक पदार्थदेखि लिएर सकेसम्म धेरै साधनश्रोत आफ्नो अधिनमा पार्ने अभिप्रायले बुद्वी विवेक तथा बल प्रयोग गर्दै बाचुन्जेल संघर्ष गरिरहन्छ । मानिसको यही संघर्ष र सम्पत्ती संग्रहको परिणाम केही सुखी र धेरै दुखी बनिरहनु परिरहेको छ ।
हजारौ, लाखौंको बलिदानीबाट पनि मानिसले समान अधिकार प्राप्त गर्न संभव भैरहेको छैन । कारण– पहिले लडाईँ गरेर जितेको राज्य हार्नेलाई बिरलै फिर्ता दिईए, समय अनुकुल ज्यान जोखिममा राखेर वा धेरै कष्टपुर्ण परिश्रम गरेर कमाएको सम्पत्ती परिवारमा पनि नजिकको हकदारले मात्र पाउने, अन्यको हक नलाग्ने जुन परम्परागत विधि विधान बनेर विस्तारै कानुनी रुप लिँदै गए, तब जतिनै टाउका फुटाले पनि अर्काको सम्पत्ती आफ्नो हुन वा बनाउन संभव भैरहेको छैन । सम्पत्ती वा सुबिधा हुनेले आफुलाई पुग्ने उपयोगमा ल्याएर बांकी सम्पत्ती स्टक राखीदिन सक्छ, जस्तो– देशमा वार्षिक बजेट, कुनै चिजको अभाव हुने समयमा नाफाखोरी व्यापारीले सकेसम्म सामान लुकाई स्टक राखेर, मुल्य बढ्नासाथ बिक्री वितरण गर्दै अकुत सम्पत्ति कमाउँछन् । बढि नाफा कमाउन अफ सिजनमा खेती गर्ने, सिजनमा स्टक राखेर अफ सिजनमा बिक्री गर्ने लगायतका कार्यमा जोखिम मोलेरै मानिस लागेको पाईन्छ । अध्ययनमा रुची राख्नेले नियमित अध्ययनका साथै वैकल्पिक शिक्षा आर्जन गर्दै, राम्रो जागिरका लागि तयारी गर्दै जानु पढेलेखेका मानिसका लागि व्यस्तता नै बनेको छ । केही तयारीपछि खुल्ने विभिन्न आयोगमा पदाधीकारी तथा कर्मचारीका लागि योग्यता परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्नेले सेवाको अवसर पाउँछन् । सफल हुनेहरु खुसी वा सन्तुष्टहुँदै कार्यक्षमता प्रदर्शन गर्न खटिन्छन् । धन कमाउनेहरुले वास्तविकता लुकाउँछन् भने योग्यहरु, योग्यता तथा दक्षता देखाउन बाध्य हुन्छन् । असफल हुनेहरु दुखी वा असन्तुष्ट हुँदै पुन तयारी वा मार्ग परिवर्तन गर्दै आफु अनुकुल पेशा व्यवसायमा लाग्छन् । कति कुनै नसालु पदार्थको अम्मली बन्दै त कतिले आत्महत्या नै गरी जिवन बर्बाद गर्छन ।
निश्चित सफलता वा सन्तुष्टीपछिको सुखभोग गर्ने वा मस्ती गर्ने चाहनाले निम्त्याएको निस्कृयता संघर्षका क्रममा आफैले स्वस्फुर्त रुपमा गरेको दुःखभन्दा नि महादुःख हुँदोरहेछ । असिमित खानपान, अल्छीपना, विलाशिता, मदिरा वा कुनै नसालु पदार्थको सेवन गर्ने बानीको विकास अब बिनासतर्फ लाग्योभन्दा फरक नपर्ला । हो, बाल्यकाल, घाईते र बिरामी, प्राविधिक कारण वा नियमित विश्रामलाई सामान्य मान्न सकिन्छ र विश्रामको आवश्यकता पनि पर्छ । तर, अवकासपछिको जिवनमा समय व्यवस्थापन गर्न सकिएन वा समयले साथ दिएन भने दुर्भाग्य नै भन्नुपर्छ । हामीले सुखी जिवनको चाहना पुरा गर्न समयमै योग्यता एवं दक्षता अभिवृद्विका लागि थप परिश्रम गरेनौ, युवा अवस्थाको आयआर्जनलाई बचतद्वारा आयश्रोत बढाउन सकेनौ, धोकेवाजहरुका चंगुलमा परेर उनीहरुका कुटिल पोलिसीको भ्रममा परेर परनिर्भर भैरहेमा र जहिल्यै मौका मिल्यो कि मस्ती गर्ने, भविष्यको लागि सोच विचार नर्दा हामीले धेरै दुःख पाइरहेका छौं । हामीले आफ्नो स्वास्थ्यलाई ख्याल राख्दै विद्या आर्जन र धन आर्जन गरिसकेपछिको गृहस्थी तथा वृद्व अवस्थामा जिवन सुखी बनाउन होईन की केही सहज बनाउने वातावरण आफै तयार गर्नुपर्छ । यदी यो वातावरण पनि अरु कसैले मिलाई दिन्छ भने कल्याणकारी कार्य भएता पनि त्यो सहजताका लागि आफ्नो परिश्रम तथा लगानी नभएको कारण, आफ्नो योग्यता वा परिश्रमको कारण नभै अरुकै दया मायाका कारण कागताली परेर आईलागेको बैभव धानिदैन अर्थात् सुखभोग गर्न सकिंदैन किनकी त्यसको मालिक जसले त्यहाँ लगानी गरेको थियो उसले अधिकार वा हिसाब खोज्दछ, दिने कसरी ? सित्तैमा आईलागेको बैभव मस्ती गर्नकै लागि हो भन्ठानेर जथाभावी खर्च गर्दा र शरीरलाई आवश्यक कसरत नपुग्दा सुगर, प्रेसर, युरिक ऐसिड, वाथ रोगका साथै मदिरा वा नसा लिएर सवारी चलाउँदा वा कुनै काम गर्दा अल्पायुमै दुर्घटनाको कारण ठुलो क्षति व्यहोर्नु पर्ने अवस्था आउन सक्छ । बिशेष गरी कोरोना भाईरसजस्ता कुनै पनि रोगबाट आफु बांच्न र अरुलाई पनि बचाउन मास्क, सेनिटाईजर, पन्जा तथा आवश्यकता अनुसार पिपिई लगाएर भौतिक दुरी कायम राखौं ।
हामीकहाँ असंख्य अपाङ्गले पनि दृढ आत्मबल, आत्मविश्वास र कठोर परिश्रमद्वारा विभिन्न क्षेत्रमा उच्च स्थान प्राप्त गरेका छन् भने आत्मबल कमजोर भएका कारण सबलाङ्गहरु असफल मात्र होईन आत्महत्या गरेर एक बारको जुनीलाई तिलान्जली दिईरहेका छन् । त्यसकारण, हामीले आत्मबललाई कहिल्लै पनि कमजोर हुन दिनु हुँदैन । लामो समयको प्रतिकुल परिस्थिति वा अचानक सृजना भएको अकल्पनिय घटनाले मानिस कोमा अथवा डिप्रेसनमा जान सक्दो रहेछ । दृढताका साथ प्रेरणा दिन सकेमा डिप्रेसनमा गैरहेको, आत्महत्याको बाटो लागिसकेको मानिस पनि सामान्य जिवनमा फर्कन सक्दछ, तर तत्काल केही परिस्थिति उसले सकारात्मक मसहुस गर्ने खालको हुनुपर्छ, ढाडस दिनेको नैतिकता, व्यवहारिकता र क्षमताको उसले परिक्षा लिंदा सकारात्मक सन्देश पायो भने मात्र रिकभर हुन सक्ने हो । अन्तमा, महाभारत गीताको स्लोक– ‘कर्मण्यवाधिका रस्ते, महाफलेसु कदाचन’ बोध गर्दै काम गर्ने जिम्मा हाम्रो– मुल्याङ्कन र गर्ने दोस्रो अमुक अनि प्रतिफल दिने तेस्रो अमुक अर्थात् प्रभु नै हुन्, यसमा तपसी मनुष्यको कुनै दोष छैन । छ त केवल अरुका तुलनामा केही कमजोर प्रस्तुती मात्र । उत्कृष्टले उच्च स्थान, जिम्मेवारी पाउला, चुनौतीका सामना गर्ला तर त्यसलाई पनि सुख चयन चाहिं हुँदैन । हामीले पनि सुखका लागि जे गर्दैछौ, त्यो गलत छ, भविष्यमा आफुजस्तै अरुका लागि पनि सहज जिवनयापनका लागि सकारात्मक सोंचका साथ सदाचारमा रहेर सक्रिय भैरहनुस् भन्दै बिदा हुन चाहे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->