पोखरा, २१ असोज–अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै पोखराको शहीद चोकमा नागरिक समाजको तर्फबाट धर्ना दिइएको छ । मंगबार बिहान १० बजेदेखि ११ बजेसम्मको धर्ना कार्यक्रम डाक्टर केसीको अनशन प्रतिको ऐक्यवद्दता भएकोे संयोजक ईन्द्रकमल मानन्धरले बताइन् । सो कार्यक्रममा संस्थापक संयोजक रामबहादुर पौडेल, वरिष्ठ अधिवक्ता तिलक पराजुली, पूर्व संयोजक विष्णुहरि अधिकारी, गोकुल कार्की लगायतले डा.गोविन्द के.सी. सच्चा देशभक्त रहेकाले उनको माग संवोधन गर्दै जीवन रक्षा गर्नुपर्ने बताएका थिए ।





