पोखरा, २२ असोज– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी पोखरा महानगर कमिटीको प्रथम अधिवेशनले मदनकुमार सुनारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कमिटीको उपाध्यक्ष डिलकुमार नेपाली (डिबी), सचिव अमृत गुरुङ, सहसचिव जीत परियार, कोषाध्यक्ष कमल पोखरेल छन् । कमिटीको सदस्यहरुमा ठाकुर प्रसाद सुवेदी, सुजन श्रेष्ठ, कृष्ण बहादुर मगर, हेमराज हुमागाई र सल्लाहाकारमा रामचन्द्र सुवेदी छन् । अधिवेशनको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले उद्घाटन गरेका थिए





