बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यातायातमा अचाक्ली भीड, कोरोना संक्रमणको खतरा

यातायातमा अचाक्ली भीड, कोरोना संक्रमणको खतरा


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७७, शुक्रबार
फाईल फोटो

पोखरा, २३ असोज– म्याद नाघेको ३ महिनाभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र लाग्ने सबै प्रकारका कर चुक्ता गरिसक्नुपर्ने कानूनी प्रावधान छ । यातायात व्यवस्था कार्यालयले समयमा लाइसेन्स नवीकरण नगरे र कर नतिरे जरिवाना थप्दै जान्छ । जरिवाना त छँदैछ, बाटोमा दैनिक हुने ट्राफिक चेकिबमा पनि ‘रसिद’ थमाइन्छ । चालक वा सवारी धनीको पनि आफ् नो लाइसेन्स र सवारी साधनको कागजपत्र चुस्तदुरुस्त राख्ने चाहना हुन्छ नै ! त्यसको लागि जानुपर्ने भनेको यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालय नै हुन् । लाइसेन्स नवीकरण गर्ने बेला यो वर्ष लकडाउन सुरु भयो । चैतमा लकडाउन सुरु भएपछिको महिना त्यसै बित्यो । यतिबेला धेरैको लाइसेन्सको म्याद सकिएको छ । उता, सवारी साधनको कर चुक्ताको बेला पनि असार मसान्त नै थियो । समय घर्केपछि सरकारी कार्यालयहरु खुले । कर तिर्नेहरुलाई खसखस भयो । कोरोना संक्रमण जारी रहँदा पनि यातायात व्यवस्था विभाग जानुपर्ने उनीहरुको बाध्यता बन्यो ।
त्यही बाध्यताका कारण पोखरामा रहेको यातायात व्यवस्था विभागको कार्यालयमा ठूलै भीड लाग्ने गरेको छ । सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने नियमसँगै बढी भीडभाड हुने क्षेत्र खुलाएकै छैन । तर,यातायात कार्यालयको हकमा सरकारी निर्णय कागजमै सीमित भएको छ । कर तिर्न आउनेहरु सँगै जोडिएर बसेको स्थिति छ । बिहीबार कास्कीको रुपाकोटबाट सवारी नवीकरण गर्न आएका सन्दिप सार्की तर्सिए । यातायात विभागभित्रको भीडबाट जोगिन खोज्दा आफ्नो कामनै नहुने स्थिति देखे । केही सीप नलागेपछि उनी पनि भीडमा मिसिए र जसोतसो काम सके । अघिल्लो वर्षसम्म टोकन व्यवस्थाबाट काम गरेको विभागले कोरोना जोखिमको बेलामा भने त्यो सिस्टम लागू गरेको छैन । यातायात व्यवस्था विभाग गण्डकीका सुचना अधिकृत पुष्पराज पौडेलले कर तिर्न आउनेको संख्या धेरै भएकाले व्यवस्थापन गर्न नसकिएको बताए । ‘टोकन सिस्टमा काम गर्दा थोरैमात्र काम गर्न सक्छौ । सर्वसाधारणले सुरक्षा विधि अपनाउँदैनन् हामिले सक्दैनाँै ’ उनले भने । यातायात व्यवस्था कार्यालय गण्डकीमा सवारी नविकरण, सवारी नामसारी तथा सवारी दर्ताको लागि दैनिक करिब २ हजार सेवाग्राही आउने गरेको सूचना अधिकृत पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->