पोखरा, २४ असोज– युनाईटेड क्लवको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन । शुक्रबार सम्पन्न क्लवको ११ औ वार्षिक साधारण सभा तथा पाँचाँै अधिवेशनले राजु श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । त्यसैगरि अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा लोक बहादुर थापा, द्धितीय उपाध्यक्षमा गणेश तिमिल्सिना, महासचिवमा शान्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यवहादुर वाँनिया, सचिवमा दिनेश सुनार र सह–कोषाध्यक्षमा पूर्णकला पोखरेल चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा सीमा राई गुरुङ, जयराम आचार्य, सन्तोष कार्की, पूर्ण कुमार श्रेष्ठ, विष्णु कुमार गुरुङ, देवानी सुवेदी, शिव थापा र चन्द्रा पराजुली चयन भएका छन । अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लवले लिएको उद्देश्यमानै आफ्नो कार्यसमिति लागि पर्ने प्रतिवद्धता जनाए ।





