समय परिवर्तनशील छ । समयसँगै सारा कुरा परिवर्तन हुँदै जान्छन् । सबै मानिसहरुलाई आफ्नो र मानव जातिको भविष्य चासोको विषय हुन्छ नै । अहिलेको समय यसरी दु्रत गतिमा परिवर्तन हुँदैछ कि हामीले आउँदो एक दशकमा के हुँदैछ भन्ने अनुमानसमेत लगाउन सक्दैनौं । अहिलेको वर्तमान परिपे्रक्ष्यमा सम्भव लागेका परिवर्तनहरु कुनै समय असम्भव लाग्थे, भविष्यमा पनि यहीं क्रम चल्दै जानेछ । मानव जातिको भविष्यको बारेमा अनुमान लगाउनका लागि रचनात्मक रणनीति, बुद्धि अनि कल्पनाको आवश्यकता पर्दछ । यसै सम्बन्धी विश्वका विभिन्न वैज्ञानिक एवम् भविष्यवाणी व्यक्तिहरुले आ–आफ्ना तर्कहरु पेश गरेका छन् । ‘दि गार्जियन’ पत्रिकाले संकलन गरेको केही व्यक्तिहरुको भनाइहरुको अनुवादित अंश तल प्रस्तुत गरिएका छन् ।
मिचियो काकु (Michio Kaku)
सन् १९७४ मा जन्मिएका मिचियो एक अमेरिकी सैद्धान्तिक एवमं भौतिक विज्ञ, भविष्यवादी र विज्ञानका संचारक हुन् ।
उनी भन्छन्, ‘सन् २०५० सम्ममा हामी इन्टरनेटमा सम्झनाहरु र भावनाहरु पठाउन सक्षम हुनेछौं । मस्तिष्कमा विज्ञान विस्फोट हुनेछ र यो सञ्चारको लागि क्रान्तिकारी परिवर्तन साबित हुनेछ । विशेषतः किशोर किशोरीहरुलाई यो धेरै मन पर्नेछन् । प्रत्येक वाक्यको अन्त्यमा इमोटिकन राख्नुको सट्टा तिनीहरु भावनाको प्रयोग गर्नेछन्, क्रोध, खुसी अनि उत्साह । यसले मनोरञ्जन प्रतिस्थापन गर्नेछ, यता चलचित्र अप्रचलित हुन्छन् । म वास्तवमै टेलिपेथिको बारेमा कुरा गर्दैछु । हामी अझै पनि पुरानो जमानाको कुराकानी गर्नेछौं तर टेलिपेथिक रुपमा कुराकानी गर्दा मानिसको बीचमा अवरोधहरु कम हुनेछन् ।
हाम्रा नातीनातिनाहरुले यो सोच्ने छन् कि किबोर्ड के हो ? हामी ‘ब्रेननेट’ को युगमा प्रवेश गरि सक्नेछौं । हामी हाम्रा बूढो भएका अंगहरुलाई प्रतिस्थापन गर्न नयाँ कृतिम अंगहरु बनाउने छौं । समयसँगै मानव कोशिकालाई छाला, कार्टिलाज, नाक, कान, हृदय, भल्भ, मूत्राशय आदि विकास गर्न प्रयोग गर्न सक्दछौं । हामी कलेजो, मृगौला, सायद प्यानक्रियाज समेत बनाउने छौं । २०५० सम्ममा हामी शंका गर्छौ कि हामी शरीरका धेरै अंगहरु विकास गर्न सक्षम हुनेछौं र हामीसँगै जन्मिएका अंगहरुलाई बूढो र जीर्ण हुन दिनुभन्दा हामी तिनीहरुलाई बदल्ने छौं । त्यो सबै आउँदैछ र यसलाई महसुस गर्न धेरै कल्पना पनि गर्नु पर्दैन ।’
नील डिग्रासटाइसन
नील एक अमेरिकी खगोल वैज्ञानिक, ब्रह्माण्ड विज्ञ, लेखक एवमं विज्ञान संचारक हुन् ।
उनी भन्छन्, ‘२०५० सम्ममा म मंगल ग्रहलाई मानिसहरु छुट्टीको समय बिताउने साइट बन्ने कल्पना गर्दछु । समुद्र किनारमा जानुको सट्टामा मानिसहरु पैसा खर्च गर्नेछन्, अन्तरिक्षमा जानका लागि । म त्यो गर्छु तर त्यो एक व्यवसाय मोडल छ जुन सेटअप गर्न अझै बाँकी छ । अझै कुनै पूर्वाधार छैन । खाना वा इन्धन बनाउने कुनै तरिका छैन । कसरी मान्छे पृथ्वीमा फिर्ता हुनेछन् पछि ? यो जिज्ञासाको विषय रहन्छ ।
यदि मानव चाहन्छ भने, यदि हामीसँग प्रेरणा रहेको खण्डमा हामी कम्तीमा पनि नजिकको सौर्य प्रणलीलाई हाम्रो पछाडिको घर बनाउन सक्छौं । यो असम्भव छैन । एलोनमस्कले भनेका छन्, ‘तपाई कसरी अन्तरिक्षमा सानो भाग्य बनाउनु हुन्छ ? ठूलो भाग्यबाट सुरु गनुहोस् ।’ यो प्रबन्ध गर्नको लागि हामीसँग असीमित स्रोत साधनहरुको पहुँच छ नै । एस्टेरोइडहरु विभिन्न धातु र खनिज पदार्थहरुमा सम्पन्न छन् । दुर्लभ पृथ्वीका तत्वहरु, जुन आधुनिक सभ्यताको लागि आधारभूत छन् ः सुन, चाँदी, प्लेटिनम, इरिडियम, क्याडभियम, ओस्मियम आदि । धूमकेतुसँग पानीको असीमित आपूर्ति छ । विश्वको पहिलो ट्रिलिनियर यी स्रोतहरुको शोषण गर्ने पहिलो व्यक्ति हुनेछ ।’
फेथ ववकर्न (Faith Popcorn)
फेथ एक भविष्यवादी, लेखक एवमं मार्केटिङ परामर्श कम्पनी ‘ब्रेन रिजर्भ’ का संस्थापक र सिइओ हुन् ।
उनी भन्छिन्, ‘मानव डाक्टरहरुको समस्या छ, तिनीहरु मानव हुन् । तिनीहरु गल्ती गर्छन् तर देखाउँदैनन् । तिनीहरु पनि बिरामी हुन्छन् । त्यसो भए अल्गोरिदमले तिनीहरुलाई प्रतिस्थापन गर्दछ । बिरामीहरुलाई डाक्टरको २४÷७ कार्य प्रदान गर्दछ । कृत्रिम बुद्धिमत्ताले (AI) हामीलाई हाम्रो शरीरको बारेमा सुरुमै सूचित गर्दछ । हामीलाई के कुराको एलर्जी छ, हाम्रो संवेदनशीलता के हो, कति व्यायाम जरुरत पर्दछ, हाम्रो तनावको स्तर के हो आदि इत्यादि ।
हामीले पहिले नै फेला पारेका छौं कि एआई मनोवैज्ञानिकहरु अत्यन्त प्रभावकारी छन् । तिनीहरु प्रश्नहरुको लागि एक बिरामीको प्रतिक्रियाहरु मापन गर्न सक्षम छन् । तिनीहरु बुझ्दछन् कि कुन प्रश्नले मानवमा तनाव पैदा गर्दछ । तिनीहरु परामर्शका क्रममा बिरामीको बायोमेट्रिक मापन गर्छन् । मानव चिकित्सकहरुले त्यसो कदापि गर्न सक्दैनन् । तिनीहरुले ती सबै जानकारी लिनै सक्दैनन् । मानव चिकित्सको बल बुत्तोले यो सब भ्याउँदैन ।
२०५० लाई छाड्नुहोस्, यो सब २०३० सम्ममा सम्भव हुन सक्छ । त्यस बिन्दुमा विज्ञानले काल्पनिक मानेका कुराहरु यर्थाथमा परिणत भइसकेका हुन्छन् । सबै कुरा प्रत्यारोपित हुनेछ ः औषधी वितरण गर्ने क्षमता (रोबी–रिलिज), क्यान्सरको पूर्वानुमान गर्ने क्षमता, हाम्रो हृदय वा फोक्सोको कार्य नाप्ने क्षमता आदि । सानो चिप्स जन्मिदा हाम्रो शरीर भित्र रोपिन्छ जति खेर बच्चाको गर्भनाल काटिन्छ । हामी हाम्रो चिकित्सा रेकर्डहरुलाई हाम्रो औंलाहरुमा भण्डार गर्नेछौं । हामी त्यस बेला स्वाभाविक रुपमा बच्चा जन्माउने छैनौं । गर्भावस्था पुरानो भइसकेको हुनेछ । व्यक्तिहरु ल्याबहरुमा वा तिनीहरु बस्ने कोठामा बच्चा बढ्नेछ, जुन माछाको ट्यान्ङकजस्तो हुनेछ र लैङ्गिकता अप्रासङ्गिक भएको हुनेछ ।’
एमीजालमन (Amyzalman)
उनी वल्र्डफ्युचर सोसाइटीकी सिइओ एवमं अध्यक्ष हुन् ।
उनी भन्छिन्, ‘रोय अमाराका अनुसार हामी छोटो समयमा एक प्रविधिको प्रभाव बढी अनुमान लगाउँछौं र लामो समयमो प्रभावको कम अनुमान लगाउँछौं । यसलाई ध्यानमा राख्दै कामको बारेमा विचार गरौं । हामी पहिले नै छलफल गर्दैछौं कि कस्तो प्रकारको कार्यहरु स्वचालनले मानवमा असर गर्नेछन् । हामीलाई थाहा छ कि हार्ने व्यक्ति ती हुनेछन् जो श्वेत–कलर योग्यता भएका छन् । जसका काम अपेक्षाकृत नियमित छन्ः एकाउन्टेन्टहरु, वकिलहरुको धेरै जसो काम र केही पत्रकारहरुको काम । तर सन् २०५० सम्म हामी प्याराडाइमेटिक परिवर्तनहरु हेर्न सक्छौं । हामीसँग कसरी काम र विश्व परिवर्तन हुँदैछ भन्ने बारेमा यी सबै धारणाहरु छन् । यो होइन कि स्वचालनले काम परिवर्तन गर्दछ । यो हो कि काम यति गम्भीर रुपले परिवर्तन हुन्छ कि हामी के गरेका हुन्छौ, त्यसको नाम फरक दिनु पर्नेछ ।
यदि त्यहाँ स्वचालनबाट महत्वपूर्ण विस्थापन छ भने हामी एक सामाजिक सेवा प्रणालीमा एक चिमटाको आवश्यकता छ । हामी मानिसहरुलाई स्कुलमा फिर्ता पठाउने छौं । हामी पैसा कमाउनका लागि नयाँ तरिकाहरु फेला पार्नेछौं । त्यहाँ विश्वव्यापी आधारभूत आयका प्रयोगहरु हुनेछन् । अन्ततः हामी कामको नयाँ रुपहरु सिर्जना गर्नेछौं ।’





