बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा चोरी गिरोह सक्रिय, प्रहरी अनुसन्धान फितलो !

पोखरामा चोरी गिरोह सक्रिय, प्रहरी अनुसन्धान फितलो !

अपवाह फैलाउने महिलालाई कार्वाहि होला त ?


  • विजय नेपाली
  • असोज २६ २०७७, सोमबार

पोखरा, २५ असोज – असोज पहिलो साता पोखरा महानगरपालिका ३२ राजाको चौतारामा ११ तोला सुना तथा दुई लाख ३५ हजार रुपैँया नगद चोरी भयो । घटना घटेको २० दिन वितिसक्यो तर चोरी गर्ने गिरोह अझै पत्ता लाग्न सकेको छैन । पोखरा ३२ को घटना सेलाउन नपाँदै पोखरा २६ मा अर्को चोरी भएको घटना प्रहरी समक्ष आएको छ ।
अघिल्लो घटनामै सफलता हात नपारेको कास्की प्रहरीको लागी अर्को घटना आउनुले अनुसन्धानमा खटिएका प्रहरीमा भने टाउको दुखाईको विषय बनेकोे छ । शनिवार राती पोखरा महानगरपालिका २६ मा ७० तोला सुन चोरी भएको बताएपनि पिडित भनिएकी महिलाले विहान भने ६ तोलामात्र सुन चोरी भएको प्रहरीलाई बताईन । तर प्रहरी भने ६ तोला पनि हो या होइन भन्ने विषयमै अड्किदैँ अनुुसन्धानमा खटिएको छ । लेखनाथमा पर्ने ती दुवै वडामात्र नभई लेखनाथमा बारम्बार चोरीका घटना बाहिर आएका छन ।
प्रहरीले नेपाली हिन्दु धर्मावलम्वीहरुको चाड नजिकिँदै गरेको भन्दै ५ दिन अघिमात्र भर्चुअल मार्फत पत्रकार सम्मेलन गर्दै चोरी घटना हुन नदिँन विभिन्न प्रहरी टोली बनाएको बताएको थियो । तर प्रहरीले सुरक्षा योजनाको जानकारी दिएको केहि दिनमै चोरी हुनुले थप चुनौति थपिएको छ । पोखरा ३२ राजाको चौतारा निवासी बालाकृष्ण सापकोटाको घरबाट ७ तोला सुन र दुई लाख नगद चोरी भएको थियो । सोहि घरमा कोठा भाडामा लिई कस्मेटिक सञ्चालन गर्दै आएकी सरिता बस्यौलाको कोठाबाट पनि ४ तोला सुन र नगद ३५ हजार रुपैँया चोरी भएको थियो । घरबेटि तथा भाडामा बस्ने दुबै बाहिर गएको अवस्थामा चोरी भएको थियो । सो घटनाको मुचुल्का गर्दा समेत प्रहरीको कम्जोरी देखिएको थियो । प्रहरीले मुचुल्का गर्ने समयमा घटना स्थलमा सर्वसाधारणलाई छिर्न दिदाँ समेत अनुसन्धानमा कठिनाई भइरहेको छ । ‘हामि कोहि पनि थिएनौ । म घर गएको थिएँ विहान अवेरमात्र थाहा पाएको हुँ अहिले सम्म पनि चोर पत्ता लागेको छैन’ पिडित सरिता बस्यौलाले भनिन् । यस्तै शनिवारको घटनामा भने महिलाले अपवाह फैलाएकी थिईन । पहिले ७० तोला सुन चोरी भएको बताएपनि रातभर प्रहरीले अनुसन्धान गरेको थियो भने विहान ६ तोलामात्र बताएकी थिईन् ।
अपवाह फैलाउने महिलालाई कार्वाहि होला त ?
पोखरा २६ लेखनाथकी २६ वर्षिय जमुना थापाले सामाजिक सञ्जालमा बारम्बार आफ्नो गहनाको प्रदर्शन गर्थिन । टिकटकमा समेत निकै प्रदर्शन गर्ने ती महिलाले शनिवार राती ७० तोला सुन चोरी भएको बताएकी थिईन । रातभरी प्रहरी खोजतलासी ग¥यो तर चोरी गिरोह पक्राउ पर्न सकेन । रातभरी प्रहरीलाई दुख दिएकी पिडित थापाले विहान भने ६ तोला सुन चोरी भएको बताईन । तर प्रहरी भने अझैपनि अन्योलमै रहेको छ । थापा वास्तविक पिडित हुन या होइन भनी । प्रहरी स्रोतका अनुसार महिलाकोमा नक्कली सुन समेत रहेकाले सक्कली सुन हराएको हो या होइन भनि अन्योलमा पर्दै अनुसन्धान गरिरहेको छ । महिलाको भनाईले नै प्रहरीलाई दोधारमा पारिदिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले घटनाको अनुसन्धान भइरहेको बताए । तर वास्तविक सुन चोरी भएको वा नभएको भन्नेमा अझै शंका रहेको जानकारी दिए ।‘हामिले महिलालाई पिडितको रुपमै लिएका छौ । बेलुका ७० तोला भनिएपनि विहान भने ६ तोलामात्र रहेको बताउनुभएको छ । वास्तविकता के हो अनुसन्धान हुदँैछ’ प्रवक्ता हमालले भने । महिलाले सामाजिक सञ्जालमा आफ्नो गहना देखाउँदै भिडियो तथा फोटोहरु हाल्ने गरेको हमालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->