पोखरा, २६ असोज – गण्डकी प्रदेशको चालु बर्खे अधिवेशन सोमबार अन्त्य हुने भएको छ । गण्डकी मन्त्रिपरिषदको सोमबार बसेको १९ औं बैठकले चालु अधिवेशन सोमबार राति १२ बजेटबाट अन्त्य गर्न प्रदेश प्रमु्खलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरिएको हो ।
जेठ ११ गतेबाट सुरु भएको यो अधिवेशनले आर्थिक वर्ष २०७७÷०७८ को बजेट कासाथै १४ वटा विभिन्न विधेयकहरु पारित गरेको छ । सदनको अवधिभर ६२ वटा बैठक बसेको पनि प्रवक्ता बस्नेतले जानकारी दिए । यसैगरि मन्त्रिपरिषद्को बैठकले गण्डकी विश्वविद्यालयको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । प्रवक्ता बस्नेतका अनुसार गण्डकी विश्वविद्यालयको लागि ९८ वटा दरबन्दी सृजना गरिएको छ ।
यसैगरि मन्त्रिपरिषदको बैठकले संक्रणम तथा सरुवा रोग अस्पताल गठन तथा संचालन कार्यविधि स्वीकृत गर्दैै ७ सदस्यीय व्यवस्थापन समिति बनाउने निर्णय पनि गरेको छ । सो व्यवस्थापन समितिको अध्यक्ष प्रदेश सरकारले चयन गर्ने छ । बैठकले गण्डकी विश्वविद्यालय शिक्षा शिक्षक तथा कर्मचारी नियमावली २०७७, संगठन र शैक्षिक प्रशासन नियमावली २०७७ तथा गण्डकी विश्वविद्यालय आर्थिक प्रशासन नियमावली २०७७ नियमावली पनि स्वीकृत गरेको छ ।