बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

घरजग्गा मिलाईदिन्छु भन्दै ठगी गर्ने ८ पक्राउ

घरजग्गा मिलाईदिन्छु भन्दै ठगी गर्ने ८ पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७७, मंगलबार

पोखरा, २७ असोज– पोखरामा सुकुम्वासी संस्था गठन गरि घरजग्गा मिलाइदिन्छु भन्दै रकम असुल्ने ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
अव्यवस्थित सुकुम्वासी समाधान आयोग गण्डकी प्रदेश कार्यसमिति पदाधिकारी भन्दै स्थानीयलाई विश्वास दिलाई तत्काल अमिन लगेर नापजाँच गराउने भन्दै रकम असुल्दै आएको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । पोखरा–१४, भोटे चौतारा क्षेत्रमा रहेको ३ सय रोपनी जग्गा सुकुम्बासीलाई बाँड्ने भन्दै उनीहरुले भूमिहीनहरुसँगै रकम उठाएका हुन् ।
पक्राउ पर्नेमा ज्यानमारा उद्योगमा कास्की कारागारमा ४ वर्ष कैद सजायँ भोगेर आएका हिराबहादुर तामाङ मुख्य नाइके रहेका छन । ३९ वर्षीय तामाङ कास्की माछापुच्छे्र घरभई पोखरा ५ पस्र्याङ्मा डेरा गर्दै आइरहेका थिए । त्यसतै पक्राउ पर्नेमा ३० वर्षका रमेशकुमार परियार,३५ वर्षका ओमबहादुर सुनार,३७ वर्षकी रिता विश्वकर्मा,२२ वर्षकी सोनु परियार, २७ वर्षकी सीता सुनार, ५० वर्षका हर्कबहादुर विक, २४ वर्षका मौसम सदासंकर रहेका छन । केहि व्यक्ति पक्राउ गर्न बाकिँ रहेकाले प्रहरीले नाम गोप्य राखेको छ । उनीहरुको साथबाट विभिन्न समयमा बैठक बसेको रजिष्टर १ थान, नगद उठाएको रजिष्टर १ थान, नगदी रसिदको प्याड तथा नगद रसिद उठाएको अर्धकट्टि रसिदहरु, नगद, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी तथा फोटो, सुकुम्वासी आयोग गठन गरिएको पत्र १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘उनीहरुले पोखरा १४ मा ३ सय रोपनी जग्गा मिलाइदिने बाहानामा निमार्ण आर्थिक सहयोग स्वरुप प्रति व्यक्ति ७ हजारका दरले पैसा उठाएको खुल्न आएको छ । पक्राउ परेका व्यक्तिहरुलाई म्यादथप गरी थप अनुसन्धान गर्ने छौ’, प्रमुख श्रेष्ठले भने । उनीहरुबाट नगद एक लाख ६१ हजार रुपैँया समेत बरामद गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट २३ जनाबाट रकम असुलेको खुल्न आएको छ । सुकुमवासी जग्गा मिलाउने र घर समेत बनाउने भन्दै सुरुमा आर्थिक सहयोग गर्न रसिदको अर्धकट्टि समेत दिने गरेका थिए । उनीहरुले नक्कली सुकुमवासी संघनै गठन गरि रकम असुल्ने काम गरेको अनुसन्धानबाट खुल्न आएको छ । ‘जग्गा मिलाइछु भन्दै पहिले प्रतिव्यक्ति ७ हजारका दरले सहयोग रकम लिने गरेको पाइयो । २३ जना व्यक्तिबाट उठाएको अर्धकट्टि समेत फेला परेको छ’, प्रमुख श्रेष्ठले भने,‘यतिमात्र होइन जग्गा उपलब्ध गराउने भन्दै नागरिकता र फोटो मागेको भन्ने खुल्न आएको छ । नागरिकताको फोटोकपी तथा फोटो दिनेको समेत खोजीमा छौ यसरी नै अझै कति ठगिएका छन भन्ने कुराको अनुसन्धानमै छौ ।’ सुकुमवासीलाई जग्गा मिलाउने नाममा कसैले पनि रकम लिन खोज्ने वा प्रलोभन देखाए तत्काल प्रहरीमा उजुरी दिन श्रेष्ठले आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->