आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोरोनाबीच विश्व प्राकृतिक विपद नियन्त्रण दिवसको सम्झना

कोरोनाबीच विश्व प्राकृतिक विपद नियन्त्रण दिवसको सम्झना


  • टिका बहादुर कार्की
  • असोज २७ २०७७, मंगलबार

कोभिड १९ ले आज अन्तर्राष्ट्रिय प्राकृतिक प्रकोप नियन्त्रण दिवसका दिनसम्म अन्तर्राष्ट्रिय रुपमै चुनौती दिइरहेको छ । र, यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसमा प्रतिबन्ध नै लागेको छ । अन्तर्राष्ट्रिय जगतमा आजसम्म १०.८ लाख मानिसको मृत्यु, ३.७७ करोड मानिस संक्रमित हुनुका साथै २.६२ करोड मानिस उपचारपश्चात निको भैसकेका छन् । आगामी दिनहरु अझ कष्टकर बनाउँदै, मुखमा मास्क, हातमा पन्जा, अनुहारमा फेस सिल्डका साथै आवश्यकताअनुसार पिपिई लगाएर एकदेखि अर्का मानिसलाई २ मिटरभन्दा टाढा पुर्याउदै एक्लै जिउन चुनौती दिंदैछ । जसरी प्रकृतिमा रहेका अन्य प्राणी तथा वनस्पतिहरु एक्लै आफ्नो अस्तित्व देखाउन सक्षम छन् । कुनैपनि जिवात्मा आफ्नै वंश वृद्वि गर्दै बगालमा रमाउन चाहन्छन्, तर त्यो विनासको कारण बन्दै जान्छ र पुनः बाँचेकाहरुले एक्ला–एक्लै आफ्नो उपस्थिती र सक्रियता देखाउँदै जान्छन् । के हो प्राकृतिक प्रकोप, के मानिसको नियन्त्रणमा रहन संभव छ ? भन्ने सन्दर्भमा तपाई हामीले देखे, जाने, सुनेका प्राकृतिक घटनाहरु जस्तैः बाढी, पहिरो, डुबान, कटान, भुकम्प, सामुद्रिक आँधी, महामारी रोगलगायतका बिनाशकारी घटनालाई प्राकृतिक विपद भनेर सम्झिने गरेका छौं । आजसम्म कोरोनाले क्षति पुर्याएको अन्तर्राष्ट्रिय अपुर्ण क्षति र यसमाथि विजय प्राप्त गर्ने स्थिति नभएरै होला, विगतमा जस्तो कार्यपत्र, नमुना प्रदर्शन, समिक्षा, भावी योजना र नारासहित भव्य रुपले मनाउने अवस्था रहेन ।
के कस्ता प्राकृतिक विपत्तीहरुमाथि मानिसले नियन्त्रण गरेको छ ? र, यो दिवस मनाउँछ भन्ने सन्दर्भमा यो पंक्तिकारलाई जानकारी भएसम्मका कुरा उल्लेख गर्न चाहान्छ ।
वृक्षारोपण गरेर हानिकारक कार्बन नियन्त्रण तथा प्राणीका लागि आवश्यक अक्सिजन प्राप्त गर्नुका साथै भु–क्षय नियन्त्रण, तटबन्धन गरेर पहिरो, नदि कटान र डुबान नियन्त्रण, भवन निर्माण गर्दा अर्थिङ गरेर, घर वरिपरिका रुख बिरुवा कटान गरेर चट्याङबाट क्षति नियन्त्रण, सरसफाईद्वारा किटाणु तथा भाईरस फैलन नदिएर कोरोनाबाहेकका धेरै महामारी रोग नियन्त्रणलगायतका सुरक्षात्मक उपाय व्यवस्थापनका कार्य नगरेको पनि होईन । तर, मानिसले प्राकृतिक संशाधनको उपयोग गर्दै, अतिक्रमण गर्दै वा च्याप्दै यि संशाधनमाथि नियन्त्रण राख्दै जाँदा खुल्ला रुपमा रहनु पर्ने प्राकृतिक स्वरुपमाथि धावा बोल्दा समय क्रममा प्रकृतीले आफ्नो स्थान (जग्गा) आफै सुरक्षित गर्दैछ । पानी, जलचर, बालुवा, ढुंगा, जंगली जनावर, काठको सहज उपयोग तथा पर्यटकीय गन्तव्यलाई आधार मानेर बिना अनुसन्धान, विपद पुर्वतयारी तथा परामर्श बिना मनलाग्दी दोहन गर्दै मानवको बस्ती विस्तार, कलकारखाना स्थापना तथा पुर्वाधारहरु निर्माण गरिंदा प्राकृतिक प्रकोपको जोखिम बढेको देखिन्छ । मानिसले निर्माण तथा उपभोग गर्दै आएका वस्तु तथा पुर्वाधारलाई प्रकृतीले बारम्बार चुनौती दिइरहे पनि हामी यसको बेवास्ता गर्दै आएका छौं ।
तसर्थ, प्राकृतिक तथा कृतिम (मानव निर्मित) बिनासकारी प्रकोप नियन्त्रण तथा क्षति न्युनिकरणका लागि हरेक नागरिक सचेत रहेर आवश्यक व्यवस्थापन गर्दै जाने हो भने प्राकृतिक प्रकोपलाई पुर्ण रुपमा नियन्त्रण गर्न नसके पनि जनधनको सुरक्षा क्षति न्युनिकरण गर्न सक्ने छौ ।
अन्तमा, अन्तर्राष्ट्रिय जगतमा प्रभाव जमाईरहेको कोरोनाविरुद्व सबै आ–आफ्नो स्थानबाट अन्तर्राष्ट्रिय प्रकोप नियन्त्रण दिवसलाई सफलीभुत बनाउन कोरोना रोग सर्ने कारण र सुरक्षात्मक उपायको जानकारी लिंदै, अरुलाई सचेत गराउदै र व्यवहारमा पनि सुरक्षित रहन तथा रहन लगाउन सबै लागौं । जब प्रत्येक व्यक्ति कोरोना मुक्त रहन्छ तब हामी सबै सुरक्षित रहने छौं । अन्तर्राष्ट्रिय प्रकोप नियन्त्रण दिवस सफल रहोस्, मेरो शूभ कामना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->