मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

उनीहरुले कोरोना भाइरस संक्रमणका कारण सर्वसाधारणलाई टीका नलगाइदिने भएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७७, शनिबार

पोखरा, १ कात्तिक – यसपालिको बडादशैंमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारण नागरिकलाई टीका नलगाइदिने भएका छन् । उनीहरुले कोरोना भाइरस संक्रमणका कारण सर्वसाधारणलाई टीका नलगाइदिने भएका हुन् ।
पूर्वराजा शाहले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले जनाएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने बारे अन्योल रहेको बताए ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका नलगाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->