पोखरा, १ कार्तिक– सराङकोट बहुद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभाआज सम्पन्नभएको छ । कोभिडमहामारीलाई मध्यनजर गर्दै २८ गतेबाट शुरु भएको साधारणसभाशुक्रबार सम्पन्न गरिएको हो ।
२०६३ मा स्थापितभई रेडियो सराङकोटको संचालनसँगै २०७० देखि बचत तथाऋणको कारोबार गर्दै आएको यस संस्थाले १ अर्ब ७० करोडको कुल कारोबारसंगै ऋणलगानी ३५ करोड, शेयर पूँजि ५ करोड ५ लाख र कुल बचत ४५ करोड गरेको छ । साधारण सभाले सचिव कृष्णबहादुर थापाद्धारा प्रस्तुतवार्षिक संस्थागतप्रतिवेदनएंव प्रस्तावितप्रतिवेदन, कोषाध्यक्षमीनबहादुर अधिकारीद्धारा प्रस्तुतआर्थिक लेखाप्रतिवेदन, व्यवस्थापक सुरेन्द्र थापाद्धारा प्रस्तुत संस्थागत स्थिति विवरण, लेखा समिति संयोजकशिवबहादुर बानियाद्धारा प्रस्तुत लेखाप्रतिवेदनलाई पारित गरेको छ ।
साधारणसभाको उद्घाटनगर्दै संस्थाका सल्लाहाकार भाष्कर पंडितकमलनयनगौतमले सहकार्यका लागि सहकारीले खेलेको भूमिकामहत्वपूर्ण रहेको बताए । भूमिव्यवस्थातथा सहकारी मन्त्रालयकाअधिकृत सागर खनालले सहकारी ऐन, नियमकाबारेमा जानकारी संचालकहरुलाई हुनुपर्ने र प्रदेश सरकार सहकारीको विकासमा सदैब कटिवद्ध रहेको बताए ।
संस्थाकाअध्यक्ष प्रेम बहादुर जिसीको सभापतित्वमाभएको कार्यक्रममा रेडियो सराङ्गकोटकाप्रबन्धनिर्देशकअर्जुनबहादुर बस्नेत, सल्लाहाकार ईन्द्रकमलमानन्धर, राममणिपौडेल, उपाध्यक्षबसन्तबहादुर बानिया, ऋण समिति संयोजक रामचन्द्र थापा, संचालकमायाकुमारी शर्मा, छविलालतिमिल्सिना, कुलप्रसाद सुवेदीलगायतले आ–आफ्नो धारण राखेका थिए ।





