आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा आईतवार मात्रै थपिए ९७ जना संक्रमित

गण्डकीमा आईतवार मात्रै थपिए ९७ जना संक्रमित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७७, आइतबार

बागलुङ, २ कार्तिक– गण्डकी प्रदेशसमा आईतवार दिउँसो सम्म थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पाँच वटा फरक फरक बिज्ञप्तीमा उल्लेख भएअनुसार प्रदेशका सात जिल्लामा संक्रमित थपिएका हुन् । कास्किको पोखरा महानगरपालिकामा २८ जना, अन्नपूर्ण गाउँपालिकामा २ जना, पूर्वि नवलपरासिको गैँडाकोटमा १५ जना, देवचुलीमा ५ जना, मध्यबिन्दुमा २ जना र कावासोतीमा २ जनामा संक्रमण पुष्टि भएको हो ।
गोरखाको गोरखा नगरपालिकामा ३ जना, गण्डकीका ३ जना, पालुङ्टारमा २ जना, भीमसेन थापा गाउँपालिकामा १ जना, तनहुँको भानुमा १ जना, व्यासमा ८ जना, बन्दीपुरमा २ जना, शुक्ला गण्डकीमा ७ जनामा संक्रमण पुष्टि भएको छ । लमजुको सुन्दरबजारमा ३ जना, राईनासमा १ जना र मध्येनेपालमा २ जना तथा स्याङ्जाको बालिङमा ४ जना र चापाकोटमा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
बागलुङमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका ४८ बर्षिया पुरुष, वडा नं. ६ का ४७ र २८ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । उनिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । त्यस्तै भारतबाट आई क्वारेन्टाईनमा रहेका बरेङ गाउँपालिका–३ का एक पुरुष र बागलुङ नगरपालिका–९ का ५७ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । उनिहरुलाई आईसोलेसन लैजाने तयारी भैरहेको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५हजार ७ सय ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->