पोखरा, ३ कार्तिक– बाटोमा रहेको बिजुलीको खम्बामा रहेको बल्ब फेर्न खोज्दा पोखरामा एक व्यापारीको ज्यान गएको छ । पोखरा ५, माछापुच्छे« टोलमा किराना पसल चलाउँदै आएका ३५ वर्षीय ज्ञानेन्द्र दाहाल सोमबार बिजुलीको बल्ब फेर्ने क्रममा करेण्ट लागेर घाइते भएका थिए । पोखरा–२३, ठूलाखेत घर भएका दाहालको यहाँको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।





