वास्तवमा पोखरा महानगरपालिकाको सौन्दर्यरुपी शहर सुन्दा पोखरा भनेझ“ै सिंगो नगरपालिका अर्गानिक बाली वडा भनी चिनिने कृषिक्षेत्रको नामले बहुचर्चित वडा नं. ५ मालेपाटन÷प्रस्र्याङ्गलाई काउली बन्दा र सागको नगदेबालीको किङ्गडम मानिन्छ । जिरो किमी र बागलुङ राजमार्गको उत्तर सिमानादेखि माथि बागलुङ बसपार्क जोड्ने फिर्केपुल सिद्वार्थचोक साथै लब्लीडा“डा र सिमलचौर साथै बगालेचोक जोड्ने फिर्के पुलले ययको सिमानाको रेखांकन गरेको छ । बढ्दो बसाईसराई मानववस्ती पर्वत र बागलुङ गाउ“भरि धारापानी फा“ट र खोडेपोखरी क्षेत्रलाई चिनिन्छ र तल्लो माथिल्लो कुलाडिल मिश्रित क्षेत्रका मानिसको बसाईसराई छ । शान्त र हरियाली कृषि क्षेत्रलाई सिमेन्टी जंगलमा परिवर्तनको चर्काे रुपमा यस वडालाई हेरिएको छ । बिनानक्सा मापदण्ड र तथा अव्यवस्थित पार्किङले कुरुप भएको छ ।
यहा“को रैथाने मानिसहरु त एउटा कालो बादलको मुस्लोमा घेरिएको भान हुन्छ । हुनतः मानिसहरु बढ्दो जनसंख्या र बस्तीको विस्फोटले एउटा नया“विकासको मोड ल्याउ“छ भनेझ“ै बाटोघाटो र अनियमित बस्तीले वडालाई कुरुप बनाएको छ । जनप्रतिनिधिहरु यसबीचमा चक्रहरुले चलाउने कुमालेको चक्रझ“ै भएका छन् । आफ्ना आसेपासेबाट जता मोड्यो उतै वडा विकासमा लागेका छन् । महानगरको पिछडिएको वडा भएको छ, छाडा गाईवस्तु बाटोमा, जथाभावी पार्किङ राजमार्ग र मुलबाटोमा ठेकेदारको ट्रक टिप्परले त झन् कुरुप बनाएको छ । वडाभित्र दुई वटा सामुदायिक विद्यालय बाराही र धर्मस्थलीले पनि त्यति राम्रो नतिजा ल्याउन सकेको छैन । जुन हिजोको भन्दा माथि नभई झन् झन् तल पु¥याएको छ । राजनीति व्यवस्थापक समितिको अनुहारले कहिले कांग्र्रेस, कहिले नेकपाको बिल्लाले नमुना स्कुलको त कुरै छोडौ“ क्वालिटी र कवान्टिटी दुवै ह्रास छ । हिजोको इतिहास मेटिने काम भइरहेको छ । विद्यालयका शुभचिन्तक, शिक्षाविद्, अक्षयकोषदाता र संरक्षकलाई पार लगाउने काम गरेको छ ।
सायद अक्सिजनको भण्डार आ“पवृक्षलाई र कल्पवृक्षलाई नामै मेट्ने गरि वडाभित्रका वरपिपलका चौतारा भत्काइएको छ । कृषि वडाको उर्वर भुमि बागवानी केन्द्रलाई सशस्त्र प्रहरीको गुल्म र रेडियो नेपाललाई चट्याङको मुलजस्तै गरि घेरेर राखिएको छ । अनि बिना मापदण्डका कारखाना र ढुंगा काट्ने फिरफिरे र तराईको ईट्टाको धुलोको ढुवानी सेवा साथै कन्स्ट्रक्सन कम्पनीको सार्वजनिक बाटो ओगटेर बनेका रोड पार्किङले अझ सडक दुर्घटनालाई अग्रपंक्तिमा पु¥याएको छ ।
हिजो छिमेकीको घरको थाल बजेको आवाज सुनिएको मेरो अनुभवमा अहिले गाडीको हर्नले दिनरात प्रदुषण भएको छ । वडालाई मुस्ताङ, लोमान्थाङ, अन्नपुर्ण, माछापुच्छे« हिमाल जाने शुभविन्दु नै कोलाहल अवस्थामा ध्वनी प्रदुषणले कान थुन्ने अवस्था छ । बाटोमा छोडेको लावारिस चौपायाले त झन् कुरुप बनाएको छ । सडक, बिजुली, पानी, यातायात जनताको अधिकार हो र अधिकार भन्ने कुरा नारामा मात्र सिमित छ । छेउको सेतीनहरको फेवातालतिर जोडिने सिँचाई नहर अनियन्त्रित मानव धराप र जिर्ण बाटो सा“झ पछिको अध्यारो सडकले नारी माथिको सुरक्षालाई शुन्यता प्रदान गरेकै छ । घरेलु मदिरा र भट्टीले अझ कुरुप बनाएको छ । त्यसमा पनि सामुदायिक विद्यालय क्षेत्रको वरिपरि दिनदहाडै मद्यपान र धुम्रपान व्यापार भएको छ । वडाबासी र जनप्रतिनिधिहरुको सहकार्य र सद्भावबाट वडाको उचाई कायम हुन्छ तर खोई सद्भाव र सहकार्य ? वडाबासी, सामाजिक अभियन्ता, अग्रज, विज्ञबिना एकल छोटे राजापनाले गर्ने विकासको नतिजा तुइन्छ भन्दछन् । पार्टीको संरक्षणबाट पालिएको क्लब, टोल संस्थाहरुले आमा समूहहरुले पनि वडा विकास शुन्य बनाएको छ ।
वडाको एकल निर्णयबाट गरेका कुनै योजना टोल विकास नै अहिले वडा जनप्रतिनिधिहरुको झोला बोक्नेका पार्टी सदस्यलाई एउटा उपहार प्रदानको संरक्षण दाता वडा प्रमुख भएको भान सर्वविदितै हुन्छ । वडाका जिर्णबाटो, मानव धरापका प्वालहरु, राजमार्गमा मापदण्ड विपरित बनेको अाँखा अगाडिका घरहरु र त्यसका दादागीरी पाराहरु, सडक पार्किङ, हार्डवयर, ट्रान्सपोर्ट, दाना ट्रकले बाटो नै गोदाम बनाइएको छ । सामुदायिक बाराही स्कुलको कोठाभित्र चनाचटपट पसल र स्कूल वरिपरि चुरोट र जाँडको भट्टीले अर्काे विकृतिलाई संरक्षण गराएको छ । हुन्छ हुन्छ र ल ल भन्ने विकासका नाइके प्रतिनिधिले झन् वडाको विकासलाई ओरालो लागेको छ ।
अन्त्यमा वडा विकास गर्न वडावासीसंंग सहकार्य गर्न सार्वजनिक सुनुवाई, लेखा परीक्षणका साथै वडाका निपुर्ण एक्सपर्ट टिमसंग सहकार्य गरेमा यस वडा नं. ५ पोखरा महानगरपालिको एउटा नमुना वडा बन्न सकेमा गर्वको कुरा हुनेछ । निम्न कुराहरुले वडालाई वडाको सकरात्मक विकासको ढोका खोल्ने छ ।
– तरकारी हाट बजारले वडाको उत्पादनलाई टेवा पुग्नुपर्नेछ ।
– प्रत्येक टोल विकास स्वच्छ हरियाली, फोहोरमुक्त हुनुपर्नेछ ।
– प्रत्येक टोल विकासमा सानो पार्कको स्थापना गर्नुपर्नेछ ।
– टोलको चोक चोकमा स्वच्छ खानेपानी र प्रतिक्षालयको व्यवस्था हुनुपर्नेछ ।
– घरको साइडमा दुईवटा कपुर, निमपात वा रातकी रानीजस्ता वास्नादार फुलहरु रोप्ने व्यवस्था हुनुपर्नेछ ।
– नागरिेकलाई ई–लाईब्रेरी, नो बुक/फ्रीबुक/फ्री–वाईफाईको व्यवस्था मिलाउनु पर्नेछ ।
– बेला मौकामा स्वास्थ्य शिविरको आयोजना गर्नुपर्नेछ ।
– युवाहरुको मनोबल र क्षमता बढाउने कार्यक्रमहरु राख्नु पर्नेछ ।
– वडामा आगो निभाउने र बिरामी स्वयंम्सेवकहरुको व्यवस्था गर्नुपर्नेछ ।
– वडामा भाडामा बस्ने नागरिकलाई सुरक्षा सम्बन्धि तालिम दिनुपर्नेछ । (विशेष गरि ग्यास चुलो र विद्युत)
– वेरोजगार युवाहरुलाई युवा रोजगार तालिम प्रदान साथै आर्थिक लगानी गर्नुपर्नेछ ।
– समग्रमा वडाको विकासको लागि शिक्षा, यातायात, बिजुली, पानी, स्वास्थ्य, ज्येष्ठ नागरिक संरक्षण, युवा रोजगार कार्यको परिमार्जन गनुपर्नेछ ।
dbgautam@gmail.com





