मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

दशैंको पाँचौ दिन स्कन्द माताको पूजा

दशैंको पाँचौ दिन स्कन्द माताको पूजा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७७, बुधबार

बागलुङ, ५ कार्तिक– नेपालीहरुको महान पर्व बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइदै छ । दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमाताको हो । नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूँजा गरिएकोमा आज पाँचौ दिन स्कन्दमाताको पूजा गरिदै छ । राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लाग्ने गरेको छ। यस वर्ष कोरोनाका कारण भने दशैमा उत्साह छैन । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->