मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मठ–मन्दिर खुल्ला गर्न हिन्दुवादी संघ/संस्थाहरुको माग

मठ–मन्दिर खुल्ला गर्न हिन्दुवादी संघ/संस्थाहरुको माग


  • Dhorpatan News
  • कार्तिक ६ २०७७, बिहिबार

पोखरा, ६ कार्तिक– विभिन्न हिन्दुवादी संघ/संस्थाहरुले बुधबार मठ–मन्दिर खुल्ला गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएका छन् । कोरोनाको कारण देखाउँदै चाडबाडमा पनि मन्दिर बन्द गरिए पछि उनीहरुले धर्ना दिएका हुन् ।
हिन्दु परिषद् नेपाल, राष्ट्रिय धर्म सभा नेपाल, विश्व हिन्दु महासंघ लगायतका स्केली धार्मिक संघ–संस्था र धार्मिक अभियन्ताहरु धर्नामा ओर्लिए काहुन् । एक घण्टे धर्ना पश्चात् जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाललाई विश्व हिन्दु महासंघ कास्कीका जिल्ला अध्यक्ष पार्बता पौडेलद्वारा ज्ञापनपत्र बुझाइएको थियो । धार्मिक अभियन्ता विश्व हिन्दु महासंघ गण्डकी प्रदेश अध्यक्ष शंकर खरालले सबै खुलेको अवस्थामा मठ मन्दिर मात्र बन्द किन ? भनेर प्रश्न गर्नुको साथै मठमन्दिर बन्द हुँदा सो आम्दानीबाट चल्ने गुरुकुल लगायत फूल बेचेर जिविका चलाउनेहरुको दैनिकी समेत कष्टकर भएको भन्दै तत्काल मन्दिर प्रवेशको वातावरण बनाउन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->