बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्याराग्लाइडिङ गर्न पोखरा आएका डाक्टरी पढ्ने विधार्थीको मृत्यु

प्याराग्लाइडिङ गर्न पोखरा आएका डाक्टरी पढ्ने विधार्थीको मृत्यु


  • विजय नेपाली
  • कार्तिक ७ २०७७, शुक्रबार

पोखरा, ७ कात्तिक- पोखरामा प्याराग्लाइडिङ्ग गर्न आएका भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको आन्द्र प्रदेशबाट काठमाडौं इटर्नसिप गर्न काठमाण्डौ आएका युवा किशोर बिल्लीको उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो । आफ्नो पढाई पूरा गर्न काठमाण्डौ आएका १३ जना विधार्थी पोखरा घुम्नको लागी आएका थिए । बिहिवार राती अचेत भएपछी उनलाई अस्पताल लगिएको थियो । तर उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुबाष हमालले जानकारी दिए । ूभारतको आन्द्र प्रदेशबाट आफ्नो पढाइ पुरागर्न काठमाडौं आएका रहेछन् । पोखरामा घुम्न आएका रहेछन अचेत भएपछी अस्पताल लगिएको रहेछ । उपचारकै क्रममा मृत्यु भएको होू प्रवक्ता हमालले भने । डाक्टर पढ्दै गरेका उनिहरु ४ महिला र ९ पुरुष पोखरा आएका थिए । उनिहरु लेक साइडको एक होटलमा बसेका थिए । धूम्रपान मात्र गरिरहने बिल्लीले लस्सीमा रक्सी मिसाएर खाएको बताइएपनी पोस्टमार्टम रिपोर्ट आउन बाकीँ रहेको प्रवक्ता हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->