बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान : मुख्यमन्त्री गुरुङ

चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान : मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७७, सोमबार

पोखरा, १० कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीहरूको महान पर्व विजयादशमी-२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले दसैँ पर्वले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्‍भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास  लिएका छन् ।
परम्परागतरूपमा हर्षोल्लासपूर्वक मनाइने यस्ता चाडपर्वहरूबाट भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण राख्‍न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । शुभकामना सन्देशमा उनले चाडपर्वको संरक्षण एवं संवर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्‍ने बताए ।
विश्वव्यापी महामारी कोभिड-१९ का कारण यसपालिको दसैँ एउटै घरमा बस्ने व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने तथा भेटघाट गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्न उनले आग्रह गरे । मास्क प्रयोग गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेलगायत कोभिड-१९ का सन्दर्भमा नेपाल सरकारले जारी गरेको चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी दसैँ मनाउनसमेत मुख्यमन्त्रीले सबैमा अपिल गरेका छन् । 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->