आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७७, मंगलबार

बुटवल, ११ कात्तिक- रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । यस्तै, कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->