आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना कालमा स्वदेश फर्किए १ लाख २२ हजार नेपाली

कोरोना कालमा स्वदेश फर्किए १ लाख २२ हजार नेपाली

सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४१७ फिर्ता


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७७, मंगलबार

काठमाडौं, ११ कात्तिक – कोरोना भाइरस सङ्क्रमणपछि १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार १ लाख २२ हजार ५ सय ६३ नेपाली हवाइ उडान मार्फत् स्वदेश फर्किएका हुन् । कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेकाहरु स्वदेश फर्किएका हुन् ।
सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन दिने गरेको छ । अहिलेसम्म ३२ देशबाट नेपाली फर्किएका छन् । स्वदेश फर्किनेमध्ये धेरै खाडीका देश पुगेकाहरु रहेका छन् । हिजो कतारबाट ३७४ जना, यूएईबाट १ सय ३४ जना, साउदीबाट १ सय ६३ जना स्वदेश आइपुगेका छन् । तथ्याङक अनुसार कोरोना महामारीपछि सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४ सय १७ जना देश फर्किएका छन् । त्यसपछि कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->